२०८२, २२ पुस मंगलबार

एमाले सचिवालय बैठकमा राष्ट्रिय सभाको सीट बाँडफाँड र उम्मेदवारबारे छलफल

एमाले सचिवालय बैठकमा राष्ट्रिय सभाको सीट बाँडफाँड र उम्मेदवारबारे छलफल


काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी छ। बैठकमा राष्ट्रिय सभा निर्वाचनसम्बन्धी विषयबारे छलफल भइरहेको छ भने उम्मेदवार चयनसम्बन्धी विषय पनि उठ्ने बताइएको छ।

राष्ट्रिय सभाका १८ सीटका लागि प्रमुख राजनीतिक दलहरूबीच सहमति बनेको छ। कांग्रेस र माओवादीसँग भएको छलफल तथा सीट बाँडफाँडको विषयमा अध्यक्ष केपी शर्मा ओलीले सचिवालयमा ब्रिफिङ गरेका छन्।

पछिल्लो सहमति अनुसार एमालेले ६ सीटमा उम्मेदवारी दिनेछ। साथै प्रतिनिधि सभाका उम्मेदवार सिफारिस र कतिपय ठाउँमा भएका विवादको विषय पनि बैठकमा छलफलको भाग बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, २२ पुस मंगलबार  १० : २८ बजे

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज साँझ ६ बजेसम्म

रामबहादुर ‘बादल’ संयोजक बनाउँदै एमालेको निर्वाचन कमिटी गठन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन तयारीका लागि निर्वाचन परिचालन

प्रदेशस्तरीय नेतृत्व सुदृढ पार्दै एमालेले बाँडे जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले प्रदेश र संगठन विभागका संयोजकको जिम्मेवारी

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय