२०८२, १४ माघ बुधबार

वीरगञ्जमा कर्फ्यु दिउँसो १ बजेसम्म थपियो

वीरगञ्जमा कर्फ्यु दिउँसो १ बजेसम्म थपियो


वीरगञ्ज । धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि वीरगञ्जमा जारी कर्फ्यु दिउँसो १ बजेसम्मका लागि थप गरिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्म लागू गरिएको कर्फ्यु आदेशलाई दिउँसो १ बजेसम्म लम्ब्याइएको हो। प्रमुख जिल्ला अधिकारी भोला दाहालले वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा र इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने गरी कर्फ्यु जारी गरिएको जानकारी दिए।

प्रशासनले कर्फ्यु अवधिमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन अनुरोध गरेको छ। अत्यावश्यक अवस्थामा निस्किनु परे नजिकको सुरक्षाकर्मीको समन्वयमा वा १०० नम्बरमा फोन गरी अनुमति लिएर मात्र बाहिर निस्कन आग्रह गरिएको छ।

कर्फ्युका क्रममा एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू तथा हवाई टिकटका आधारमा यात्रा गर्ने हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने प्रशासनले जनाएको छ।

धार्मिक तथा सामाजिक विषयलाई लिएर आइतबारदेखि वीरगञ्जमा लगातार प्रदर्शन भइरहेका छन्। प्रदर्शन चर्किँदै गएपछि शहरको अवस्था अशान्त बन्दै गएको जनाइएको छ।

प्रकाशित मिति : २०८२, २२ पुस मंगलबार  १० : ०२ बजे

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार