२०८२, १८ चैत्र बिहीबार

भक्तपुरमा कन्चटमा गोली हानेर आत्महत्या

भक्तपुरमा कन्चटमा गोली हानेर आत्महत्या


काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ राईटोलमा एक व्यक्तिले आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेका छन्। आत्महत्या घटनामा प्रयोग भएको बन्दुक लाइसेन्स प्राप्त रहेको खुलेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुका अनुसार घटनामा प्रयोग भएको जिएस-५ जर्मन लेखिएको आधुनिक बन्दुक सूर्यकुमार नेम्वाङको नाममा लाइसेन्स प्राप्त रहेको पाइएको छ।

सो बन्दुक प्रयोग गरी ४० वर्षीय सनिप चाम्लिङ राईले सोमबार दिउँसो करिब साढे ३ बजे आत्महत्या गरेका हुन्। उनी मध्यपुर थिमी नगरपालिका–६ राईटोलस्थित साढे चार तले पक्की घरको चौथो तलामा रहेको कोठामा चुकुल लगाई आफ्नै कन्चटमा गोली हानेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतक राई मानसिक समस्यामा रहेको कुरा उनका परिवारका सदस्यहरूले बताएका छन्। साथै मृतक राई र बन्दुकका लाइसेन्सधारी सूर्यकुमार नेम्वाङ नाताले साला–भिनाजु पर्ने खुलेको छ।

राई अविवाहित रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, २१ पुस सोमबार  ७ : ३१ बजे

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’

नेपाल बैंक लिमिटेडको ग्लोबल मनी वीक अभियान सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले “स्मार्ट मनी टल्क्स” मूल नारासहित

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका