२०८२, १४ माघ बुधबार

भक्तपुरमा कन्चटमा गोली हानेर आत्महत्या

भक्तपुरमा कन्चटमा गोली हानेर आत्महत्या


काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ राईटोलमा एक व्यक्तिले आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेका छन्। आत्महत्या घटनामा प्रयोग भएको बन्दुक लाइसेन्स प्राप्त रहेको खुलेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुका अनुसार घटनामा प्रयोग भएको जिएस-५ जर्मन लेखिएको आधुनिक बन्दुक सूर्यकुमार नेम्वाङको नाममा लाइसेन्स प्राप्त रहेको पाइएको छ।

सो बन्दुक प्रयोग गरी ४० वर्षीय सनिप चाम्लिङ राईले सोमबार दिउँसो करिब साढे ३ बजे आत्महत्या गरेका हुन्। उनी मध्यपुर थिमी नगरपालिका–६ राईटोलस्थित साढे चार तले पक्की घरको चौथो तलामा रहेको कोठामा चुकुल लगाई आफ्नै कन्चटमा गोली हानेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतक राई मानसिक समस्यामा रहेको कुरा उनका परिवारका सदस्यहरूले बताएका छन्। साथै मृतक राई र बन्दुकका लाइसेन्सधारी सूर्यकुमार नेम्वाङ नाताले साला–भिनाजु पर्ने खुलेको छ।

राई अविवाहित रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, २१ पुस सोमबार  ७ : ३१ बजे

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार