२०८२, २२ पुस मंगलबार

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी, तनाव कायमै

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी, तनाव कायमै


वीरगञ्ज । मुस्लिम समुदायको प्रदर्शनले सिर्जना गरेको तनावका कारण वीरगञ्जमा आज दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज सूचना जारी गर्दै कर्फ्यु लागू गरिएको जानकारी दिएका छन्।

शनिबार धनुषाको एक मस्जिदमा भएको तोडफोडपछि वीरगञ्जमा मुस्लिम समुदायको प्रदर्शन चर्किएको थियो। यस घटनापछि मधेसभरि विभिन्न स्थानमा दुई समुदायबीच तनाव बढ्न थालेको छ।

सूचनामा भनिएको छ, “जिल्ला सुरक्षा समितिको निर्णयानुसार मिति २०८२/०९/२१ गते दिउँसो १:०० बजेदेखि अर्को आदेश नभएसम्म वीरगंज महानगरपालिकाका देहायका क्षेत्रहरुमा कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ। उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइ कानून बमोजिम कारवाही गरिनेछ।”

कर्फ्यु पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा लागू गरिएको छ।

आज हिन्दु समुदायले समेत जय श्रीरामको नारा लगाउँदै प्रदर्शन सुरु गरेपछि वीरगञ्जमा तनाव झनै बढेको छ। प्रशासनले स्थिति नियन्त्रणमा राख्न सुरक्षा बल परिचालन गरेको छ।

प्रकाशित मिति : २०८२, २१ पुस सोमबार  ३ : २२ बजे

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय

युवाका लागि प्रेरणा : संघर्ष, समर्पण र विश्वासको नाम अमित लामा

आजको समय युवाको हो । तर केवल उमेरले युवा हुनु

एमाले सचिवालय बैठकमा राष्ट्रिय सभाको सीट बाँडफाँड र उम्मेदवारबारे छलफल

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा

सहमतीका लागि नेपाली कांग्रेसको बैठक दुई घण्टा धकेलियो

काठमाडौँ । आन्तरिक सहमति जुटाउने प्रयोजनका लागि नेपाली कांग्रेसको केन्द्रीय

वीरगञ्जमा कर्फ्यु दिउँसो १ बजेसम्म थपियो

वीरगञ्ज । धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव