२०८२, २२ पुस मंगलबार

एमाले अध्यक्ष केपी ओलीको स्थान हद फुकुवा

एमाले अध्यक्ष केपी ओलीको स्थान हद फुकुवा


काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा भएको छ।

भदौ २३–२४ गतेको जेएनजी आन्दोलनको समयमा तत्कालीन प्रधानमन्त्री रहेका ओलीमाथि उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद लगाएको थियो। आयोगका प्रवक्ता तथा पूर्व एआईजी विज्ञानराज शर्माले सोमबार बसेको आयोगको बैठकले ओलीको स्थान हद फुकुवा गरेको जानकारी दिएका छन्।

ओलीमाथि गत असोज १२ गतेको आयोग बैठकले स्थान हद लगाउने निर्णय गरेको थियो। आयोगले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा जेएनजी आन्दोलनको क्रममा गरेका कामकारबाहीको सम्बन्धमा अनुसन्धान पूरा भइसकेको र विदेश भ्रमण रोक्का तथा उपत्यका छाड्न नपाउने निर्णयको औचित्य समाप्त भएको भन्दै फुकुवा गरेको हो।

ओलीले आइतबार राष्ट्रिय मानव अधिकार आयोगमा करिब २ घण्टा बयान दिएका थिए र सोही दिन आयोगलाई लिखित स्टेटमेन्ट पनि बुझाएका थिए। आयोगले तत्कालीन सरकारका केही मन्त्री, सुरक्षा निकायका प्रमुख र जिल्ला प्रशासन कार्यालयका प्रमुखसहित बयान लिइसकेको छ।

प्रकाशित मिति : २०८२, २१ पुस सोमबार  ३ : ०० बजे

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय

युवाका लागि प्रेरणा : संघर्ष, समर्पण र विश्वासको नाम अमित लामा

आजको समय युवाको हो । तर केवल उमेरले युवा हुनु

एमाले सचिवालय बैठकमा राष्ट्रिय सभाको सीट बाँडफाँड र उम्मेदवारबारे छलफल

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा

सहमतीका लागि नेपाली कांग्रेसको बैठक दुई घण्टा धकेलियो

काठमाडौँ । आन्तरिक सहमति जुटाउने प्रयोजनका लागि नेपाली कांग्रेसको केन्द्रीय

वीरगञ्जमा कर्फ्यु दिउँसो १ बजेसम्म थपियो

वीरगञ्ज । धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव