काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा ले पार्टीको विशेष महाधिवेशनका लागि भृकुटीमण्डप हल पुस २७–२८ का लागि बुकिङ गराएका छन्।
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले असोज २९ गते विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए। विधानअनुसार, माग गरिएको तीन महिनाभित्र महाधिवेशन बोलाउनु पर्ने बाध्यकारी व्यवस्था भएकाले महामन्त्रीद्वयले पहल थालेका हुन्।
केन्द्रीय सदस्य प्रतिमा गौतम का अनुसार, महामन्त्रीहरू हाल सानेपामा सभापतिलाई तयारीबारे जानकारी गराउन गइरहेका छन्। संस्थापन पक्ष भने नियमित कार्यतालिका अनुसार चुनावपछि मात्र महाधिवेशन गर्ने पक्षमा रहेको बताइएको छ।






प्रतिक्रिया