२०८२, २५ फाल्गुन मंगलबार

सशस्त्रको गोली लागेर सुनसरीमा एक जनाको मृत्यु

सशस्त्रको गोली लागेर सुनसरीमा एक जनाको मृत्यु


विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ लौकही नजिक सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको छ।

बुधबार राति करिब १ बजे भारतबाट सामान ल्याउँदै सिटी सफारीमा आउँदै गरेका साह सशस्त्र प्रहरी टोलीसँग जम्काभेट भएपछि गोली लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ। सिटी सफारीबाट चिनी, सरफ, चकलेटलगायतका सामग्री फेला परेका छन्।

सशस्त्र प्रहरीले तस्करी नियन्त्रणका क्रममा तस्कर समूहबाट पहिला गोली चलेपछि जवाफी फायर गरिएको दाबी गरेको छ। तर स्थानीयले भने लेनदेन विवादमा सशस्त्रले एकतर्फी रूपमा गोली प्रहार गरेको आरोप लगाएका छन्।

घटनापछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गरेका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, १७ पुस बिहीबार  १ : ४० बजे

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल