काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि.बीच बैंकका कर्मचारी र ग्राहकलाई प्याथोलोजी सेवा र हेल्थ प्याकेजमा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकमा कार्यरत कर्मचारी र ग्राहकले नेशनल प्याथ ल्याबका क्लिनिकहरूमा उपचार गर्दा बिल रकमको १० प्रतिशतदेखि ५० प्रतिशतसम्मको छुट पाउनेछन्। यसमा नमूना सङ्कलनका लागि आवश्यक सुविधा र निःशुल्क होम डेलिभरी पनि समावेश गरिएको छ।
सम्झौता पत्रमा बैंकको तर्फबाट निर्मल सुवेदी, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख र नेशनल प्याथ ल्याबको तर्फबाट प्रबन्ध निर्देशक पवन जोशी ले हस्ताक्षर गरेका छन्।
यस सुविधा मार्फत बैंकका कर्मचारी र ग्राहकले नक्साल, महाराजगंज, ललितपुर, रुपन्देही, भैरहवा, पोखरा, चितवन, तुल्सीपुर, घोराही, धनगढी, गुल्मी, अर्घखाँची र महेन्द्रनगर लगायतका स्थानमा रहेका नेशनल प्याथ ल्याब क्लिनिकबाट उच्चस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्।






प्रतिक्रिया