२०८२, २२ चैत्र सोमबार

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता


काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि.बीच बैंकका कर्मचारी र ग्राहकलाई प्याथोलोजी सेवा र हेल्थ प्याकेजमा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकमा कार्यरत कर्मचारी र ग्राहकले नेशनल प्याथ ल्याबका क्लिनिकहरूमा उपचार गर्दा बिल रकमको १० प्रतिशतदेखि ५० प्रतिशतसम्मको छुट पाउनेछन्। यसमा नमूना सङ्कलनका लागि आवश्यक सुविधा र निःशुल्क होम डेलिभरी पनि समावेश गरिएको छ।

सम्झौता पत्रमा बैंकको तर्फबाट निर्मल सुवेदी, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख र नेशनल प्याथ ल्याबको तर्फबाट प्रबन्ध निर्देशक पवन जोशी ले हस्ताक्षर गरेका छन्।

यस सुविधा मार्फत बैंकका कर्मचारी र ग्राहकले नक्साल, महाराजगंज, ललितपुर, रुपन्देही, भैरहवा, पोखरा, चितवन, तुल्सीपुर, घोराही, धनगढी, गुल्मी, अर्घखाँची र महेन्द्रनगर लगायतका स्थानमा रहेका नेशनल प्याथ ल्याब क्लिनिकबाट उच्चस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : २०८२, १६ पुस बुधबार  ६ : ४३ बजे

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने छ। प्रतिनिधिसभाको