२०८२, १९ फाल्गुन बुधबार

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा


काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो सातामा बोलाउने तयारी गरेको छ। प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालबीच पुस १४ गते भेट भएको थियो।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलका अनुसार, अधिवेशनको लागि प्रक्रिया अगाडि बढिसकेको छ। वैकल्पिक रूपमा सिंहदरवारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा बैठक बस्ने व्यवस्था गरिएको छ।

अधिवेशनमा केही विधेयक, सरकारले ल्याएका अध्यादेश, संसदीय समितिका अध्ययन प्रतिवेदन तथा वार्षिक प्रतिवेदनहरू प्रस्तुत हुने छन्। सांसदहरूले संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव र जरुरी सार्वजनिक महत्वका प्रस्ताव पनि पेश गर्न सक्नेछन्। यसबाहेक, मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम पनि सञ्चालन हुने भएको छ।

गत भदौ ३१ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको थियो। त्यसपछिका आन्दोलन र अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरेको अवस्थामा अधिवेशनको नयाँ आह्वानले संसद् गतिविधि पुनः सक्रिय गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, १६ पुस बुधबार  ५ : ३७ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको