२०८२, १६ पुस बुधबार

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा


काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो सातामा बोलाउने तयारी गरेको छ। प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालबीच पुस १४ गते भेट भएको थियो।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलका अनुसार, अधिवेशनको लागि प्रक्रिया अगाडि बढिसकेको छ। वैकल्पिक रूपमा सिंहदरवारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा बैठक बस्ने व्यवस्था गरिएको छ।

अधिवेशनमा केही विधेयक, सरकारले ल्याएका अध्यादेश, संसदीय समितिका अध्ययन प्रतिवेदन तथा वार्षिक प्रतिवेदनहरू प्रस्तुत हुने छन्। सांसदहरूले संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव र जरुरी सार्वजनिक महत्वका प्रस्ताव पनि पेश गर्न सक्नेछन्। यसबाहेक, मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम पनि सञ्चालन हुने भएको छ।

गत भदौ ३१ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको थियो। त्यसपछिका आन्दोलन र अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरेको अवस्थामा अधिवेशनको नयाँ आह्वानले संसद् गतिविधि पुनः सक्रिय गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, १६ पुस बुधबार  ५ : ३७ बजे

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो