२०८२, १६ चैत्र मंगलबार

लिङदेनको नेतृत्व स्वीकार्दै कमल थापा राप्रपामा फिर्ता, ६ बुँदे सहमतिपत्रमा एकता

लिङदेनको नेतृत्व स्वीकार्दै कमल थापा राप्रपामा फिर्ता, ६ बुँदे सहमतिपत्रमा एकता


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा चार वर्षपछि आफ्नो मूल पार्टी राप्रपामै फर्किएका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्व स्वीकार गर्दै राप्रपा र राप्रपा नेपालबीच बुधबार औपचारिक एकता भएको हो।

दुवै दलबीच ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै थापाले नेतृत्व गरेको राप्रपा नेपाललाई राप्रपामा विलय गरिएको छ। सहमतिपत्रअनुसार राप्रपाको २०७८ मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित भई पछि राप्रपा नेपाल रोजेका नेता–कार्यकर्तालाई सोही जिम्मेवारीमा पुनः फर्काइने उल्लेख गरिएको छ।

सहमति अनुसार राप्रपा नेपालको तर्फबाट पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सहमतिका आधारमा राप्रपाको केन्द्रीय कार्यसमितिमा रहने व्यवस्था गरिएको छ।

त्यसैगरी, २०७८ मंसिरमा सम्पन्न एकता महाधिवेशनको समयमा कायम रहेका वडा, गाउँ, नगर तथा जिल्ला तहका पदाधिकारी र सदस्यहरूलाई सम्बन्धित जिल्लामै सम्मानजनक ढंगबाट व्यवस्थापन गर्दै लगिने सहमतिपत्रमा उल्लेख छ।

एकतासँगै राप्रपाको संगठनात्मक शक्ति थप सुदृढ हुने र आगामी राजनीतिक गतिविधिमा पार्टी एकीकृत रूपमा अघि बढ्ने दुवै पक्षको विश्वास छ।

प्रकाशित मिति : २०८२, १६ पुस बुधबार  २ : ५५ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक