२०८२, १९ फाल्गुन बुधबार

इतिहास मेटेर नयाँ बन्ने राजनीति शक्ति दीर्घकालीन हुँदैन : एमाले सचिव पद्मा अर्याल

इतिहास मेटेर नयाँ बन्ने राजनीति शक्ति दीर्घकालीन हुँदैन : एमाले सचिव पद्मा अर्याल


काठमाडौं । इतिहास मेटेर नयाँ बन्न खोज्ने राजनीतिक शक्ति दीर्घकालीन हुन नसक्ने नेकपा एमालेकी सचिव पद्मा अर्यालले बताएकी छन्।

इतिहास, संघर्ष र वैचारिक निरन्तरतामाथि आधारित राजनीति नै दिगो हुने भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सचिव अर्यालले राज्य सञ्चालन व्यक्तिको अनुहार वा क्षणिक लोकप्रियतामा होइन, सुदृढ संगठन, लामो संघर्ष र स्पष्ट विचारमा आधारित हुनुपर्ने स्पष्ट पारेकी छन्।

उनले लेखेकी छन्, “नयाँ पुस्तालाई केही समय नयाँ अनुहार आकर्षक लाग्न सक्छ, तर राज्य चल्ने कुरा अनुहारले होइन-संघर्ष, संगठन र विचारले हो। कथित एकताको नाममा परिवर्तनकारी दलहरूलाई विस्थापित गर्ने सोचले लोकतन्त्रलाई सशक्त होइन, कमजोर बनाउँछ।”

अर्यालका अनुसार राजनीतिक परिवर्तनको नाममा इतिहास र संघर्षको अवमूल्यन गर्नु लोकतान्त्रिक प्रणालीका लागि घातक हुन्छ। वैचारिक स्पष्टता र संगठनात्मक मजबुतीबिना कुनै पनि शक्ति दीर्घकालीन रूपमा टिक्न नसक्ने उनले उल्लेख गरिन्।

उनले पार्टी नेतृत्व वैचारिक निरन्तरता, संगठन सुदृढीकरण र जनआधारित राजनीतिलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको पनि बताइन्।

राजनीतिक विश्लेषकहरूका अनुसार नेकपा एमालेको विचार–केन्द्रित रणनीति र बलियो संगठनात्मक संरचनाले पार्टीलाई स्थिर, जिम्मेवार र दीर्घकालीन राजनीतिक शक्तिका रूपमा स्थापित गर्दै आएको छ।

प्रकाशित मिति : २०८२, १६ पुस बुधबार  ९ : २७ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको