२०८२, १६ चैत्र मंगलबार

सिन्धुलीमा गोली लागेर एक युवकको मृत्यु

सिन्धुलीमा गोली लागेर एक युवकको मृत्यु


सिन्धुली । सिन्धुलीमा गोली लागेर एक जना युवकको मृत्यु भएको छ। सुनकोसी गाउँपालिका-५ बन्दिपुरका भिमबहादुर तामाङका २२ वर्षीय छोरा आशमान तामाङको गोली लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार सोमबार आशमान तामाङको शव आफ्नो घरबाट करिब ३ किलोमिटर दक्षिणतर्फ पर्ने घ्याङलेख गाउँपालिका-१ स्थित पिउरी खोलाको जङ्गलमा उत्तानो अवस्थामा फेला परेको थियो। शवको नाइटो भागबाट रगत बगिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको पेटको भागमा गोली लागेको देखिएको छ। घटनास्थल नजिकै एक थान भरुवा बन्दुक बीच भागमा भाँचिएको अवस्थामा फेला परेको छ। साथै मृतकले भिरेको झोलाभित्र निलो रङको बिर्को भएको बट्टामा बारुद जस्तो देखिने कालो धुलो तथा रातो बिर्को भएको बट्टाभित्र फलाम र सिसाका टुक्रा फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थलमा लास जाँच मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ। प्रारम्भिक अवस्थालाई हेर्दा बन्दुक आफैँ चलाउँदा दुर्घटनावश गोली लागेको वा कसैले कर्तव्य गरी हत्या गरेको हुन सक्ने आशंका गरिएको छ।

घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२, १५ पुस मंगलबार  ९ : १२ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक