२०८२, १३ पुस आईतबार

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने


काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक बन्द गर्ने निर्णय गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सम्बन्धित आयोजनाका अनुसार सडकमा सवारी आवागमन निरन्तर भएकाले निर्माणमा ढिलाइ भएको थियो। यसलाई गति दिन यही मङ्सिर २४ देखि पुस १ गतेसम्म बिहान १०:३० बजेदेखि अपराह्न ३:३० बजेसम्म दैनिक पाँच घण्टा सडक बन्द रहनेछ। सडक बन्दको समयमा काठमाडौँ–नौबिसे जाने सवारीसाधन नागढुङ्गा चेकपोस्टमा रोकिनेछन्। मुग्लिङ–काठमाडौँ जाने सवारीसाधन गल्छी, बैरेनी र मासटारमा रोकिनेछन्। अत्यावश्यक सेवाका सवारी (एम्बुलेन्स, दमकल, सुरक्षा वाहन, शव वाहन) भने ट्राफिक प्रहरीले सहज गर्नेछ।

वैकल्पिक मार्गमा सीतापाईला–भिमढुङ्गा, रामकोट–धार्के, सामाखुसी–टोखा–छहरे सडक प्रयोग गर्न सकिनेछ। रोकिएका सवारीसाधन अपराह्न ३:३० बजेसम्म मात्र यात्रा जारी राख्न सक्नेछन्।

प्रकाशित मिति : २०८२, २२ मंसिर सोमबार  ९ : ५५ बजे

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको