२०८२, २५ फाल्गुन मंगलबार

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने


काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक बन्द गर्ने निर्णय गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सम्बन्धित आयोजनाका अनुसार सडकमा सवारी आवागमन निरन्तर भएकाले निर्माणमा ढिलाइ भएको थियो। यसलाई गति दिन यही मङ्सिर २४ देखि पुस १ गतेसम्म बिहान १०:३० बजेदेखि अपराह्न ३:३० बजेसम्म दैनिक पाँच घण्टा सडक बन्द रहनेछ। सडक बन्दको समयमा काठमाडौँ–नौबिसे जाने सवारीसाधन नागढुङ्गा चेकपोस्टमा रोकिनेछन्। मुग्लिङ–काठमाडौँ जाने सवारीसाधन गल्छी, बैरेनी र मासटारमा रोकिनेछन्। अत्यावश्यक सेवाका सवारी (एम्बुलेन्स, दमकल, सुरक्षा वाहन, शव वाहन) भने ट्राफिक प्रहरीले सहज गर्नेछ।

वैकल्पिक मार्गमा सीतापाईला–भिमढुङ्गा, रामकोट–धार्के, सामाखुसी–टोखा–छहरे सडक प्रयोग गर्न सकिनेछ। रोकिएका सवारीसाधन अपराह्न ३:३० बजेसम्म मात्र यात्रा जारी राख्न सक्नेछन्।

प्रकाशित मिति : २०८२, २२ मंसिर सोमबार  ९ : ५५ बजे

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै