२०८२, २२ चैत्र सोमबार

एनपीएलमा आज दुई रोमाञ्चक खेल

एनपीएलमा आज दुई रोमाञ्चक खेल


काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आज दुई खेल हुने भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११:४५ बजे चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुनेछन् । दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।

चितवनलाई कुशल मल्लले नेतृत्व गर्नेछन् भने कर्णालीको कप्तानी सोमपाल कामीले सम्हाल्नेछन् । विराटनगरको नेतृत्व सन्दीप लामिछानेका हातमा रहनेछ भने पोखराका कप्तान कुशल भुर्तेल हुनेछन् । गत संस्करणमा चितवन र कर्णालीबीच भएका दुवै खेल कर्णालीले जितेको थियो । त्यसैगरी विराटनगर र पोखराबीचको खेलमा पोखरा विजयी भएको थियो । यस संस्करणमा पनि चारै टोली सुखद सुरुआतको लक्ष्यसहित मैदान उत्रनेछन् ।

यसअघि सोमबार भएको खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको थियो । क्यानद्वारा आयोजित प्रतियोगिताको फाइनल मंसिर २७ मा हुनेछ भने विजेताले रु एक करोड १० लाख प्राप्त गर्नेछ । सबै खेल अनलाइनखबर डटकममार्फत लाइभ प्रसारण हुनेछ ।

प्रकाशित मिति : २०८२, २ मंसिर मंगलबार  ८ : ४५ बजे

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने छ। प्रतिनिधिसभाको