२०८२, २९ कार्तिक शनिबार

‘मोन्था’ चक्रवातको प्रभाव : कोसी, मधेश र बागमतीमा भारी वर्षा, सतर्क रहन आग्रह

‘मोन्था’ चक्रवातको प्रभाव : कोसी, मधेश र बागमतीमा भारी वर्षा, सतर्क रहन आग्रह


काठमाडौं । बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको प्रभावका कारण नेपालका केही भागमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि शनिबारसम्म कोसी, मधेश र बागमती प्रदेशका विभिन्न ठाउँमा भारी वर्षा हुने सम्भावना छ। आज (बिहीबार)देखि नै ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव नेपालमा देखिन थालेको जनाइएको छ।

त्यस्तै विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न नदीहरूमा आकस्मिक बहाव बढ्न सक्ने चेतावनी जारी गरेको छ। बिहीबार कोसी, मधेश, बागमती र लुम्बिनी प्रदेश भएर बहने नदीहरूमा आकस्मिक बाढी आउने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शुक्रबार र शनिबार पनि ती प्रदेशका स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले स्थानीय बासिन्दा, यात्रु तथा सरोकारवालाहरूलाई सतर्क रहन अनुरोध गरिएको छ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। प्राधिकरणले मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान उद्धृत गर्दै कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र कोसी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। प्राधिकरणले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, नदी किनारका बासिन्दाले सतर्क रहन, तथा धान र अन्य बाली काटिएको भए तुरुन्त भित्र्याउन समेत सुझाव दिएको छ।

मौसमविद्हरूका अनुसार बंगालको खाडी र अरब सागरमा एकसाथ विकसित प्रणालीको प्रभावका कारण नेपालको दक्षिण र पूर्वी भू–भागमा नमी थपिँदै गएको र यही कारण पछिल्ला दिनमा लगातार वर्षा भइरहेको हो।

प्रकाशित मिति : २०८२, १३ कार्तिक बिहीबार  १० : १५ बजे

ट्रम्पले बीबीसीविरूद्ध कानुनी कारवाही गर्ने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरूद्ध एक अर्बदेखि पाँच

आन्दोलनकारीबाट मुख्यमन्त्री यादवलाई सुरक्षा चुनौती, सीमित कार्यक्रमहरूमा मात्र सहभागिता

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा

आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्ध मधेशमा विरोध प्रदर्शन

काठमाडौँ । नेकपा एमालेको असंवैधानिक गतिविधि भन्दै जनकपुरधाममा वृहत् जनप्रदर्शन

प्रहरीको गोली प्रहारबाट वडाध्यक्षको मृत्यु

दाङ । धनुषाको मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष विन्देश्वर