२०८२, ११ मंसिर बिहीबार

नेपालको नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई मन्त्री घिसिङको आह्वान

नेपालको नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई मन्त्री घिसिङको आह्वान


नयाँ दिल्ली । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालका जलविद्युत् र सौर्यजस्ता नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्।

नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गरिरहेको बताउँदै मन्त्री घिसिङले भने,

“जलविद्युतको अपार सम्भावना, बढ्दो सौर्य ऊर्जा क्षमता र विस्तार हुँदै गएको अन्तरदेशीय प्रसारण लाइनका साथ हामीसँग दक्षिण एशियालाई दिगो रूपमा ऊर्जायुक्त बनाउन सक्ने शक्ति छ। म मित्र राष्ट्रहरू र साझेदारहरूलाई निम्तो दिन्छु—नेपालमा लगानी गर्नुहोस्, नविकरणीय ऊर्जामा लगानी गर्नुहोस् र सबैका लागि हरित भविष्यको हिस्सा बन्नुहोस्।”

मन्त्री घिसिङका अनुसार नेपालको जलविद्युत् केवल राष्ट्रिय विकासको माध्यम मात्र नभई दक्षिण एशियाकै स्वच्छ र हरित ऊर्जा निर्यातकर्ताको रूपमा नेपालको भविष्यको आधार हो।

उनले सन् २०३५ सम्ममा १५ हजार मेगावाट नविकरणीय ऊर्जा निर्यात गर्ने लक्ष्यसहित नेपाल र भारतले संयुक्त रूपमा उच्च क्षमताका प्रसारण पूर्वाधार विकास कार्य अघि बढाइरहेको जानकारी दिए।

झण्डै ८३ हजार मेगावाट जलविद्युत् र ४२ हजार मेगावाट पम्प स्टोरेज जलविद्युत् सम्भावनाले सम्पन्न नेपालका स्रोतहरू छिमेकी देशहरूको सौर्य तथा वायु ऊर्जासँग उत्कृष्ट रूपमा परिपूरक रहेको उनले बताए।

क्षेत्रीय तथा विश्वव्यापी रूपमा विकसित हुँदै गएको ग्रिड प्रणालीले नविकरणीय ऊर्जाको सन्तुलित प्रवाह, लागत घटाउने र पहुँच विस्तारमा मद्दत गर्ने उनले उल्लेख गरे।

उनले थपे,

“यो दृष्टि ‘एक सूर्य, एक विश्व, एक ग्रिड’ अवधारणासँग मेल खान्छ—जहाँ स्वच्छ ऊर्जा सीमाना नाघेर सहज र दिगो रूपमा प्रवाहित हुन्छ। यसलाई वास्तविकता बनाउन क्षेत्रीय देशहरूले एकीकृत विद्युतीय बजारतर्फ अघि बढ्नुपर्छ।”

प्रकाशित मिति : २०८२, १२ कार्तिक बुधबार  ११ : १४ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री