२०८३, २ असार बुधबार

दक्षिण चीन सागरमा अमेरिकी नौसेनाका हेलिकप्टर र लडाकू विमान दुर्घटना

दक्षिण चीन सागरमा अमेरिकी नौसेनाका हेलिकप्टर र लडाकू विमान दुर्घटना


काठमाडौं । अमेरिकी नौसेनाका एक हेलिकप्टर र एक लडाकू विमान आइतबार दिउँसो दक्षिण चीन सागरमा छुट्टाछुट्टै समयमा दुर्घटनाग्रस्त भएका छन्।

अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार दिउँसो स्थानीय समयानुसार करिब २:४५ बजे एमएच–६०आर ‘सिहक’ हेलिकप्टर उड्दाउड्दै समुद्रमा खसेको हो। नौसेनाको स्क्वाड्रन-७३ एकाइअन्तर्गतको उक्त हेलिकप्टरमा सवार तीनै जना चालक दलका सदस्यलाई सुरक्षित उद्धार गरिएको छ। हेलिकप्टर दुर्घटनाको करिब आधा घण्टापछि, करिब सवा ३ बजे, फाइटिङ रेडकक्समा आबद्ध एफए-१८एफ ‘सुपर हर्नेट’ लडाकू विमान पनि सोही क्षेत्रमा खसेको सिएनएनले जनाएको छ। लडाकू विमानका दुई चालक दलका सदस्यलाई समेत सुरक्षित उद्धार गरिएको बताइएको छ।

दुवै विमान अमेरिकी नौसेनाको विमानवाहक युद्धपोत ‘यूएसएस निमिट्ज’ बाट उडाइएको थियो। दुर्घटनाका कारणबारे नौसेनाले प्रारम्भिक छानबिन सुरु गरेको जनाएको छ। दक्षिण चीन सागरमा चीनसहितका विभिन्न दक्षिणपूर्वी एसियाली मुलुकहरूले आ–आफ्नो स्वामित्व दाबी गर्दै आएका छन्। तर, बेइजिङले करिब सम्पूर्ण समुद्री क्षेत्रमाथि आफ्नो अधिकारको दाबी गर्दै आएको छ, जुन विषयमा अन्तर्राष्ट्रिय अदालतले पहिले नै चीनको दाबी अस्वीकार गरिसकेको छ।

गत दुई दशकयता चीनले सो क्षेत्रमा सैन्य पूर्वाधार विस्तार गर्दै आएको छ, जसले अमेरिकी नौसेनाको स्वतन्त्र आवागमनलाई चुनौती दिएको बताइन्छ। अमेरिकी नौसेनाका यस्ता अभ्यासहरू वाशिङ्टनको दीर्घकालीन रणनीति अन्तर्गत चीनको समुद्री प्रभाव सन्तुलनमा राख्ने उद्देश्यसँग जोडिएका छन्।

यी दुर्घटनाहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एशिया भ्रमणकै बीचमा भएका हुन्। ट्रम्पले यसै साता चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार सम्बन्धी वार्ता गर्ने तयारी गरिरहेका छन्। यसअघि पनि वसन्त ऋतुमा अमेरिकी नौसेनाका दुई सुपर हर्नेट जेट रेड सागरमा हराएका थिए।

नौसेनाका अनुसार एक सुपर हर्नेट लडाकू विमानको मूल्य करिब ६ करोड अमेरिकी डलर पर्छ। विश्वकै सबैभन्दा ठूलो युद्धपोतमध्ये एक ‘यूएसएस निमिट्ज’ अमेरिकी नौसेनाको सबैभन्दा पुरानो विमानवाहक युद्धपोत हो, जसलाई आगामी वर्ष सेवा निवृत्त गरिने तयारी गरिएको सिएनएनले जनाएको छ।

प्रकाशित मिति : २०८२, १० कार्तिक सोमबार  ९ : ०६ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई