२०८३, १९ आश्विन मंगलबार

दरबारमार्गबाट लुटिएको गोलीसहित दुई किशोर पक्राउ

दरबारमार्गबाट लुटिएको गोलीसहित दुई किशोर पक्राउ


काठमाडौं । जेनजी आन्दोलनका क्रममा दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–३ घर भई काठमाडौंको कपनमा बस्दै आएका १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई काठमाडौंको मालिगाउँ आनन्द भैरव मार्ग बस्ने १६ वर्षीय सोनम थापा मगर रहेका छन्। प्रहरी प्रभाग कोटेश्वरको टोलीले शुक्रबार राति नरेफाँटमा चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा रहेका अनिश गिरीलाई नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार, तलासीका क्रममा उनको साथबाट दरबारमार्ग प्रहरी वृत्तबाट लुटिएको तीन थान गोली फेला परेको थियो।

गिरीको बयानका आधारमा प्रहरीले सोनम थापा मगरको कोठामा समेत खोजतलासी गरेको थियो। तलासीका क्रममा “३११ २३” लेखिएको पेस्तोलका दुई थान गोली बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, पक्राउ परेका दुबै जनाले जेनजी आन्दोलनका क्रममा दरबारमार्गस्थित प्रहरी वृत्तबाट गोली लुटेको प्रारम्भिक बयान दिएका छन्। उनीहरूलाई हाल थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौंमा राखिएको छ। प्रहरीले उक्त घटनासँग संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको बताएको छ।

प्रकाशित मिति : २०८२, ८ कार्तिक शनिबार  ८ : ४९ बजे

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि

कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि

मौसममा फेरि बदली, पहाडदेखि हिमालसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायु र मनसुनी प्रणालीको प्रभावका कारण आज

डलर १५४ रुपैयाँ नाघ्यो, पाउन्ड २०४ नजिक

काठमाडौं । नेपाली रुपैयाँको तुलनामा प्रमुख विदेशी मुद्राको विनिमय दर