काठमाडौं । नेप्से परिसूचक बिहीबार १८.४० अंकले घटेर २४८७.१७ अंकमा बन्द भएको छ। ३११ कम्पनीको ७६ लाख ४३ हजार कित्ता शेयरमा ३ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज हिमालयन पावर लिमिटेडको शेयर मूल्य ४२ रुपैयाँले बढेर ४६५ रुपैयाँमा पुगेको छ भने समाज लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेर २०८.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ। मुक्तिनाथ विकास बैंक, नेपाल रिइन्स्योरेन्स, शिव्म सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर बढी कारोबार भएका छन् ।
१३ उपसमूहमध्ये बैंकिङ्ग र म्युचुअल फन्ड बाहेक ११ उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको गिरावट सर्वाधिक २.२१ प्रतिशत रहेको छ ।
प्रतिक्रिया