काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्यमा ठूलो वृद्धि आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २,५०,९०० रूपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य प्रतितोला २,४८,९०० रूपैयाँ थियो। यसरी आजको दिनमा मात्र सुनको मूल्य २,००० रूपैयाँले बढेको हो। हिजो मूल्यमा ४०० रूपैयाँको वृद्धि आएको थियो। साथै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ३,२७५ रूपैयाँ कायम भएको छ, जुन हिजो ३,२४० रूपैयाँ थियो। यसरी चाँदीको मूल्यमा पनि ३५ रूपैयाँ बढेको छ।
नेपालका बजारमा सुन र चाँदीको मूल्यमा आएको यो वृद्धिले लगानीकर्ता र उपभोक्ताबीच विशेष ध्यानाकर्षण भएको छ। व्यवसायीहरूले मूल्य वृद्धि अन्तर्राष्ट्रिय बजारका उतार–चढाव र घरेलु माग–पुरकाको संयोजनका कारण भएको बताएका छन्।






प्रतिक्रिया