२०८२, १३ फाल्गुन बुधबार

५० रुपैयाँका नयाँ नोट चीनमा छापिने, ४२ करोड थान नोट आउने

५० रुपैयाँका नयाँ नोट चीनमा छापिने, ४२ करोड थान नोट आउने


काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छापाइको जिम्मा चिनियाँ कम्पनीलाई सुम्पिएको छ। केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय टेण्डर प्रक्रिया मार्फत ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’लाई नोट छपाई कार्यका लागि चयन गरेको हो।

राष्ट्र बैंकले बुधबार सार्वजनिक सूचना जारी गर्दै जानकारी दिएको छ कि उक्त कम्पनीले नोटको डिजाइन, छपाइदेखि लिएर नेपालसम्म आपूर्ति गर्ने सम्पूर्ण कार्य गर्नेछ। यस कार्यको लागत करिब १ करोड ४ लाख २२ हजार अमेरिकी डलर (झण्डै १ अर्ब ४३ करोड रुपैयाँ) पर्नेछ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउन ९ गते अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरेको थियो। प्रक्रिया सम्पन्न भएपछि चिनियाँ कम्पनी नोट छपाईका लागि छनोटमा परेको हो।

अब सो कम्पनीले कुल ४२ करोड थान ५० रुपैयाँ दरका नोट छापेर नेपालमा आपूर्ति गर्नेछ। नयाँ नोट कहिलेदेखि बजारमा उपलब्ध हुने भन्नेबारे राष्ट्र बैंकले हालसम्म खुलासा गरेको छैन।

विशेषज्ञहरूले चीनमा नोट छपाइ गरिनुको कारण प्राविधिक क्षमता र लागत प्रभावकारिता भएको टिप्पणी गरेका छन्। नयाँ नोट बजारमा आएसँगै बैंकिङ कारोबार र मुद्रा व्यवस्थापनमा सहजता आउन सक्ने देखिन्छ।

प्रकाशित मिति : २०८२, ३० आश्विन बिहीबार  १० : ३१ बजे

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं