२०८२, २९ कार्तिक शनिबार

अर्थमन्त्री खनाल र एडीबी अध्यक्षबीच भेटवार्ता : नेपालका परियोजना प्रगति र चुनौतीमा छलफल

अर्थमन्त्री खनाल र एडीबी अध्यक्षबीच भेटवार्ता : नेपालका परियोजना प्रगति र चुनौतीमा छलफल


काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा बीच भेटवार्ता भएको छ। विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका मन्त्री खनाल र अध्यक्ष कान्डाबीच बुधबार भएको उक्त भेटमा नेपालमा सञ्चालित एडीबीका परियोजनाको प्रगति, उपलब्धि र चुनौतीबारे विस्तृत छलफल गरिएको छ।

अमेरिकास्थित नेपाल राजदूतावासका अनुसार, भेटमा अर्थ मन्त्रालय र एडीबीबीचको सहकार्य, परियोजना कार्यान्वयनमा देखिएका ढिलाइ र आगामी सहयोग रणनीतिका विषयमा पनि चर्चा भएको थियो। भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण दलका अन्य सदस्य तथा एडीबीका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

अर्थमन्त्री खनालले नेपालमा भौतिक पूर्वाधार, ऊर्जा, कृषि, र जलस्रोत क्षेत्रका परियोजनाहरूको कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन एडीबीको निरन्तर सहयोग आवश्यक रहेको बताएको राजदूतावासले जनाएको छ।
त्यस्तै, एडीबी अध्यक्ष कान्डाले नेपाललाई दक्षिण एशियामा दिगो विकासको साझेदारका रूपमा हेर्ने एडीबीको दृष्टिकोण दोहोर्याउँदै लगानी सहज वातावरण निर्माणमा नेपालले चालेका कदमको प्रशंसा गरेका छन्।

प्रकाशित मिति : २०८२, ३० आश्विन बिहीबार  ८ : ३८ बजे

ट्रम्पले बीबीसीविरूद्ध कानुनी कारवाही गर्ने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरूद्ध एक अर्बदेखि पाँच

आन्दोलनकारीबाट मुख्यमन्त्री यादवलाई सुरक्षा चुनौती, सीमित कार्यक्रमहरूमा मात्र सहभागिता

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा

आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्ध मधेशमा विरोध प्रदर्शन

काठमाडौँ । नेकपा एमालेको असंवैधानिक गतिविधि भन्दै जनकपुरधाममा वृहत् जनप्रदर्शन

प्रहरीको गोली प्रहारबाट वडाध्यक्षको मृत्यु

दाङ । धनुषाको मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष विन्देश्वर