२०८३, ३० असार बुधबार

अर्थमन्त्री खनाल र एडीबी अध्यक्षबीच भेटवार्ता : नेपालका परियोजना प्रगति र चुनौतीमा छलफल

अर्थमन्त्री खनाल र एडीबी अध्यक्षबीच भेटवार्ता : नेपालका परियोजना प्रगति र चुनौतीमा छलफल


काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा बीच भेटवार्ता भएको छ। विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका मन्त्री खनाल र अध्यक्ष कान्डाबीच बुधबार भएको उक्त भेटमा नेपालमा सञ्चालित एडीबीका परियोजनाको प्रगति, उपलब्धि र चुनौतीबारे विस्तृत छलफल गरिएको छ।

अमेरिकास्थित नेपाल राजदूतावासका अनुसार, भेटमा अर्थ मन्त्रालय र एडीबीबीचको सहकार्य, परियोजना कार्यान्वयनमा देखिएका ढिलाइ र आगामी सहयोग रणनीतिका विषयमा पनि चर्चा भएको थियो। भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण दलका अन्य सदस्य तथा एडीबीका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

अर्थमन्त्री खनालले नेपालमा भौतिक पूर्वाधार, ऊर्जा, कृषि, र जलस्रोत क्षेत्रका परियोजनाहरूको कार्यान्वयनलाई अझ प्रभावकारी बनाउन एडीबीको निरन्तर सहयोग आवश्यक रहेको बताएको राजदूतावासले जनाएको छ।
त्यस्तै, एडीबी अध्यक्ष कान्डाले नेपाललाई दक्षिण एशियामा दिगो विकासको साझेदारका रूपमा हेर्ने एडीबीको दृष्टिकोण दोहोर्याउँदै लगानी सहज वातावरण निर्माणमा नेपालले चालेका कदमको प्रशंसा गरेका छन्।

प्रकाशित मिति : २०८२, ३० आश्विन बिहीबार  ८ : ३८ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित