२०८२, २२ चैत्र सोमबार

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई लिफ प्लसका सामानमा २० प्रतिशत छुट

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई लिफ प्लसका सामानमा २० प्रतिशत छुट


काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरूले अब लिफ प्लस प्रालिले उत्पादन तथा बिक्री गर्ने वस्तुहरूमा विशेष छुट पाउने भएका छन्।

नेपाल बैंक र काठमाडौंको शंखमुलस्थित लिफ प्लस प्रालिबीच सोमबार सम्झौता सम्पन्न भएको हो। सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लिफ प्लस प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले हस्ताक्षर गर्नुभएको छ।

सम्झौता अनुसार, लिफ प्लसले उत्पादन तथा बिक्री गर्ने पर्यावरणमैत्री, प्राकृतिक सुपारीको पातबाट बनेका घरायसी वस्तुहरू – जस्तै प्लेट, कचौरा, थाल, चम्चा लगायत -खरिद गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ।

ग्राहकहरूले यी वस्तुहरू कम्पनीको वेबसाइट (www.leafplus.com.np), ह्वाट्सएप वा प्रत्यक्ष सम्पर्क मार्फत अर्डर गर्न सक्नेछन्। नेपाल बैंकको मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्दा मात्र बिल रकममा छुट लागू हुनेछ।

यो सम्झौताले पर्यावरणमैत्री उत्पादनको उपयोगलाई प्रवर्द्धन गर्न र ग्राहक–कर्मचारीलाई अतिरिक्त सुविधा प्रदान गर्न सहयोग पुग्ने नेपाल बैंकले जनाएको छ।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  २ : ३६ बजे

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने छ। प्रतिनिधिसभाको