२०८२, ६ माघ मंगलबार

केन्द्रीय समिति बैठकमा पेस हुने एजेन्डा तय नहुँदा कांग्रेस नेताहरूबीच मतभेद

केन्द्रीय समिति बैठकमा पेस हुने एजेन्डा तय नहुँदा कांग्रेस नेताहरूबीच मतभेद


काठमाडौं । नेपाली कांग्रेसको आजदेखि सुरु हुने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न शीर्ष नेताबीच सहमति जुट्न सकेको छैन।

मंगलबार बिहान सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच भएको छलफलमा बैठकमा पेस गरिने एजेन्डाबारे एकमत हुन नसकेको कांग्रेस स्रोतले जनाएको छ।

दुवै महामन्त्रीहरू मंसिरमा नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याउने अडानमा छन् भने सभापति देउवा पक्ष भने त्यसबारे लचिलो छैन।

तीन नेताबीच छलफलपछि आज बिहान ११ बजे बस्ने भनिएको कार्यसम्पादन समिति बैठक पनि सुरु हुन सकेको छैन।
देउवा निकट नेताका अनुसार, सभापति देउवाले केन्द्रीय समिति बैठकमा आफ्नो वक्तव्य प्रस्तुत गर्ने तयारी गरेका छन्।

तर, बैठकमा प्रस्तुत गरिने एजेन्डामा सहमति नजुटेकाले आजको बैठक स्थगित गरेर साझा एजेन्डा तय गर्न नेताहरू अनौपचारिक छलफलमा जुटिरहेका छन्।

प्रकाशित मिति : २०८२, २८ आश्विन मंगलबार  १ : ५३ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित