२०८२, १७ चैत्र बुधबार

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज विश्वासको मत लिँदै

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज विश्वासको मत लिँदै


जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन्। सिंहले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत माग्ने तयारी गरेका हुन्।

प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री सिंहले गत शुक्रबार सभामुखसमक्ष विश्वासको मत लिने चाहना व्यक्त गर्दै औपचारिक पत्र बुझाएका थिए। त्यसको आधारमा आजको बैठक आह्वान गरिएको मधेश प्रदेश सभा सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए। यसअघि भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ का क्रममा सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए। तर पछि उनले “विषम परिस्थितिमा जनधनको क्षति नहोस् भन्नका लागि फेसबुकमा राजीनामा लेखेको मात्र हो” भन्दै आफ्नो भनाइ फेरेका थिए।

उनको उक्त अभिव्यक्तिपछि आफ्नै पार्टी जनमत पार्टी ले उनलाई समर्थन फिर्ता लिने निर्णय गर्‍यो। भदौ ३१ गते जनमत पार्टीले प्रदेश सभा सचिवालयमा पत्र बुझाउँदै मुख्यमन्त्रीसहित सरकारबाट समर्थन फिर्ता लिएको औपचारिक जानकारी गराएको थियो। संविधान अनुसार सरकारबाट समर्थन फिर्ता भएलगत्तै मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। सोही अनुसार सिंह आज विश्वासको मतमा उत्रिन लागेका हुन् ।

मुख्यमन्त्री सिंह विश्वासको मत प्राप्त गर्न सफल हुन्छन् वा हुँदैनन् भन्ने विषयमा प्रदेशसभामा दलगत अंकगणितले निर्णायक भूमिका खेल्ने देखिएको छ।

प्रकाशित मिति : २०८२, २८ आश्विन मंगलबार  ७ : ३२ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका