२०८२, १५ पुस मंगलबार

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज विश्वासको मत लिँदै

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज विश्वासको मत लिँदै


जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन्। सिंहले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत माग्ने तयारी गरेका हुन्।

प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री सिंहले गत शुक्रबार सभामुखसमक्ष विश्वासको मत लिने चाहना व्यक्त गर्दै औपचारिक पत्र बुझाएका थिए। त्यसको आधारमा आजको बैठक आह्वान गरिएको मधेश प्रदेश सभा सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए। यसअघि भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ का क्रममा सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए। तर पछि उनले “विषम परिस्थितिमा जनधनको क्षति नहोस् भन्नका लागि फेसबुकमा राजीनामा लेखेको मात्र हो” भन्दै आफ्नो भनाइ फेरेका थिए।

उनको उक्त अभिव्यक्तिपछि आफ्नै पार्टी जनमत पार्टी ले उनलाई समर्थन फिर्ता लिने निर्णय गर्‍यो। भदौ ३१ गते जनमत पार्टीले प्रदेश सभा सचिवालयमा पत्र बुझाउँदै मुख्यमन्त्रीसहित सरकारबाट समर्थन फिर्ता लिएको औपचारिक जानकारी गराएको थियो। संविधान अनुसार सरकारबाट समर्थन फिर्ता भएलगत्तै मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। सोही अनुसार सिंह आज विश्वासको मतमा उत्रिन लागेका हुन् ।

मुख्यमन्त्री सिंह विश्वासको मत प्राप्त गर्न सफल हुन्छन् वा हुँदैनन् भन्ने विषयमा प्रदेशसभामा दलगत अंकगणितले निर्णायक भूमिका खेल्ने देखिएको छ।

प्रकाशित मिति : २०८२, २८ आश्विन मंगलबार  ७ : ३२ बजे

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले