२०८३, २८ श्रावण शुक्रबार

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ४० रुपैयाँ र गोलभेँडा सानो (टनेल) ४८ रुपैयाँ तोकिएको छ। आलु रातो (मुडे) प्रतिकिलो ४५ रुपैयाँ, आलु रातो (भारतीय) ३८ रुपैयाँ र प्याज सुकेको (भारतीय) ३४ रुपैयाँ कायम गरिएको छ।

त्यसैगरी, गाजर (लोकल) ११५ रुपैयाँ, गाजर (तराई) १०० रुपैयाँ, बन्दा (लोकल) ५० रुपैयाँ, काउली (लोकल) १०० रुपैयाँ, रातो मूला ५५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) ८० रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ र भन्टा डल्लो ८० रुपैयाँ रहेको छ।

बोडी तने प्रतिकिलो १७० रुपैयाँ, मकै बोडी ८० रुपैयाँ, घिउ सिमी (लोकल र हाइब्रिड) दुवैको मूल्य १३० रुपैयाँ, घिउ सिमी (राजमा) २३० रुपैयाँ र भटमास कोसा १०० रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै, तीतो करेला ८० रुपैयाँ, लौका ८० रुपैयाँ, परवर (लोकल र तराई) १०० रुपैयाँ, चिचिण्डो ७० रुपैयाँ, घिरौँला ८५ रुपैयाँ, फर्सी पाकेको ६५ रुपैयाँ, हरियो फर्सी (डल्लो) २५ रुपैयाँ, सलगम ९० रुपैयाँ र भिण्डी १२० रुपैयाँ रहेको छ।

त्योभन्दा बाहेक, सखरखण्ड ८० रुपैयाँ, पिँडालु ६५ रुपैयाँ, रायोसाग १८० रुपैयाँ, पालुङ्गो साग २०० रुपैयाँ, चमसुर १८० रुपैयाँ, तोरीको साग ९० रुपैयाँ, हरियो प्याज ७५ रुपैयाँ, च्याउ (कन्य) २०० रुपैयाँ, च्याउ (डल्ले) ३२० रुपैयाँ, कुरिलो ४०० रुपैयाँ र निगुरो ७५ रुपैयाँ तोकिएको छ।

ब्रोकाउली प्रतिकिलो १९० रुपैयाँ, चुकुन्दर ६५ रुपैयाँ, रातो बन्दा १३० रुपैयाँ, जिरीको साग २५० रुपैयाँ, पार्सले ६०० रुपैयाँ, पुदिना ५०० रुपैयाँ, इमली १७० रुपैयाँ, तामा १०० रुपैयाँ, तोफु १३० रुपैयाँ र गुन्द्रुक १५० रुपैयाँमा उपलब्ध छन्।

फलफूलतर्फ, स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) २५० रुपैयाँ, केरा (दर्जन) ११० रुपैयाँ, कागती १२० रुपैयाँ, अनार ३०० रुपैयाँ, सुन्तला (भारतीय) १४० रुपैयाँ, तरबुजा ६० रुपैयाँ, मौसम १६० रुपैयाँ, जुनार २५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५० रुपैयाँ, काँक्रो (लोकल) ६५ रुपैयाँ, काँक्रो (हाइब्रिड) २५ रुपैयाँ, नास्पाती (लोकल) ८० रुपैयाँ, नास्पाती (चाइनिज) २२० रुपैयाँ, मेवा (नेपाली) ६५ रुपैयाँ, मेवा (भारतीय) ९० रुपैयाँ, अम्बा १०० रुपैयाँ, लप्सी ५० रुपैयाँ, किबी २३० रुपैयाँ, सरिफा ९० रुपैयाँ र आभोकाडो २५० रुपैयाँ निर्धारण गरिएको छ।

कालीमाटी बजार विकास समितिले दैनिकरूपमा तरकारी र फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक गर्दै बजार स्थिरता र उपभोक्ताको जानकारीका लागि दरसम्बन्धी सूचना उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति : २०८२, २७ आश्विन सोमबार  ९ : १७ बजे

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व

बागमतीमा जेएन थपलियाविरुद्ध अविश्वास प्रस्ताव : १८ सांसदको समर्थन, को–को छन् सूचीमा ?

हेटौँडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्रको विवाद थप

किशोर श्रेष्ठलाई बरामद सामानसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर