२०८२, ६ माघ मंगलबार

एमालेको आक्रमक रणनीति : महाधिवेशन, संसद पुन, स्थापना र प्रतिगमनविरुद्ध एकजुट

एमालेको आक्रमक रणनीति : महाधिवेशन, संसद पुन, स्थापना र प्रतिगमनविरुद्ध एकजुट


काठमाडौं । नेकपा एमालेले मङ्सिर अन्तिम साता पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ। साथै पार्टीले संसद् पुनःस्थापना र हालको प्रतिगमनविरुद्ध एकजुट हुने रणनीति अघि सारेको छ।

पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीका अनुसार तीन दिनदेखि जारी पदाधिकारी बैठकले यी विषयलाई २९, ३० र ३१ गते बस्ने केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ। नेता ज्ञवालीले सरकार असंवैधानिक तरिकाले बनेको र चुनावको वातावरण नभएको बताए। ‘सरकार चुनाव गराउने तयारीमा छैन। दलहरूलाई धम्काएर निर्वाचन कसरी हुन्छ? चुनावको आत्मा मरिरहेको छ,’ उनले भने।

ज्ञवालीले भने, संसद् पुनःस्थापनाले अहिलेको राजनीतिक समस्याको निकास दिनेछ। पार्टी अध्यक्ष केपी ओलीको राजीनामा मागबारे बाहिर आएका बहस अनावश्यक रहेको उनको भनाइ थियो । एमालेको महाधिवेशन मङ्सिर अन्तिम साता हुने तय भएको छ भने मिति र स्थान केन्द्रीय कमिटी बैठकले निर्धारण गर्नेछ।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ९ : ४१ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित