२०८२, १७ चैत्र बुधबार

एमालेको आक्रमक रणनीति : महाधिवेशन, संसद पुन, स्थापना र प्रतिगमनविरुद्ध एकजुट

एमालेको आक्रमक रणनीति : महाधिवेशन, संसद पुन, स्थापना र प्रतिगमनविरुद्ध एकजुट


काठमाडौं । नेकपा एमालेले मङ्सिर अन्तिम साता पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ। साथै पार्टीले संसद् पुनःस्थापना र हालको प्रतिगमनविरुद्ध एकजुट हुने रणनीति अघि सारेको छ।

पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीका अनुसार तीन दिनदेखि जारी पदाधिकारी बैठकले यी विषयलाई २९, ३० र ३१ गते बस्ने केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ। नेता ज्ञवालीले सरकार असंवैधानिक तरिकाले बनेको र चुनावको वातावरण नभएको बताए। ‘सरकार चुनाव गराउने तयारीमा छैन। दलहरूलाई धम्काएर निर्वाचन कसरी हुन्छ? चुनावको आत्मा मरिरहेको छ,’ उनले भने।

ज्ञवालीले भने, संसद् पुनःस्थापनाले अहिलेको राजनीतिक समस्याको निकास दिनेछ। पार्टी अध्यक्ष केपी ओलीको राजीनामा मागबारे बाहिर आएका बहस अनावश्यक रहेको उनको भनाइ थियो । एमालेको महाधिवेशन मङ्सिर अन्तिम साता हुने तय भएको छ भने मिति र स्थान केन्द्रीय कमिटी बैठकले निर्धारण गर्नेछ।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ९ : ४१ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका