२०८२, ११ मंसिर बिहीबार

ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा

ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ काे नाफाबाट आफ्ना शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत दरले (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आउँदो वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ। ग्लोबल आइएमई बैंकले हालै ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४ र २०२५’ तथा युरो मनी अवार्ड फर एक्सलेन्स अन्तर्गत पनि नेपालको सर्वश्रेष्ठ बैंकको उपाधि प्राप्त गरेको छ।

मुलुकका ७७ वटै जिल्लामा सेवा सञ्जाल विस्तार गरेको बैंकका ३५२ शाखा, ३८४ एटिएम र १,००० भन्दा बढी सेवा केन्द्रहरू रहेका छन्। बैंकले नेपालभित्रका साथै अमेरिका, यूके, अष्ट्रेलिया, कोरिया, जापान, खाडी मुलुकलगायतबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ९ : ०६ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री