२०८२, ६ माघ मंगलबार

नेविसंघले मेयर बालेन शाह र सुदन गुरुङविरुद्ध किटानी जाहेरी दियो

नेविसंघले मेयर बालेन शाह र सुदन गुरुङविरुद्ध किटानी जाहेरी दियो


काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ०ले काठमाडौं महानगरपालिका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दर्ता गरेको छ।

आइतबार नेविसंघका केन्द्रीय सदस्य मनिश जङ थापा, अशोक सिंह बिष्ट र बिजय शाहले संयुक्त हस्ताक्षर गर्दै जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौंमा जाहेरी दिएका हुन्। केन्द्रीय सदस्य बिष्टका अनुसार, “हामीले २४ घण्टाभित्र घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छौं।”

भदौ २३–२४ गते जेनजी समूहको आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र सरकारी कार्यालय तथा नेताहरूको घरमा तोडफोड र आगजनी भएको थियो। नेविसंघले मेयर शाह र सुदन गुरुङमाथि विद्यार्थीहरूलाई विद्यालय पोसाकमा हिंडाउन उक्साउने, राष्ट्रिय सम्पदा ध्वस्त बनाउने र सरकारी तथा निजी भवनमा लुटपाट गराउने आरोप लगाएको छ।

यसअघि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि यस्तै उजुरी दर्ता गरेको थियो।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  १२ : ५१ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित