२०८२, २५ पुस शुक्रबार

अन्तर्राष्ट्रिय बजारमा चिनियाँ युनान कफीको माग बढ्दो

अन्तर्राष्ट्रिय बजारमा चिनियाँ युनान कफीको माग बढ्दो


एजेन्सी । चीनको दक्षिणपश्चिम क्षेत्र युनान प्रान्तको कफी अन्तर्राष्ट्रिय बजारमा तीव्र लोकप्रिय हुँदै गएको छ। निर्यात मात्रा र मूल्य दुवैमा वृद्धिसँगै युनान कफी विदेशमा रोजाइमा परेको हो।

बाओशान शहरको प्रशोधन कार्यशालामा दैनिक करिब दुई टन कफीको दाना भुटिने र विभिन्न ग्राहकका प्राथमिकताअनुसार तयार पारिने गरेको छ। कफी कम्पनीहरूले उत्पादन क्षमता विस्तार गर्दै विदेशी अर्डर पूरा गर्दै आएका छन्। कम्पनी निर्देशक फ्यान बेनका अनुसार, “यस वर्ष तेस्रो कारखाना निर्माण गरेका छौं। विदेश बिक्री गत वर्षको तुलनामा ३७ प्रतिशतले बढेको छ र अहिलेसम्म २० लाख अमेरिकी डलरभन्दा बढी मूल्यका उत्पादन निर्यात भएका छन्।”

अन्तर्राष्ट्रिय कफीको मूल्यमा वृद्धि भएपछि युनान कफीको माग र मूल्य पनि उच्च रहेको छ। स्थानीय कम्पनीका ली फेङ्क्वान भन्छन्, “अन्तर्राष्ट्रिय बजारमा युनान कफीको पहुँच सिंगापुर, मलेसिया, भियतनाम, युरोप र अमेरिकासम्म विस्तार भएको छ। यस वर्ष अहिलेसम्म हाम्रो उत्पादन मूल्य ७०,००० अमेरिकी डलर नाघेको छ।”

भन्सार तथ्याङ्कअनुसार, यस वर्षको पहिलो आठ महिनामा युनानले १० करोड अमेरिकी डलरभन्दा बढी कफी र सम्बन्धित उत्पादनहरू निर्यात गरेको छ। यो चीनमा सबैभन्दा ठूलो निर्यात क्षेत्रका रूपमा स्थापित भएको छ।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  १२ : ०५ बजे

विशेष महाधिवेशनअघि कांग्रेसको जुलुस प्रदर्शन, यी रुट हुँदै भृकुटीमण्डप पुग्ने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन २७ र २८ पुसमा

जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं । जाजरकोटमा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको

सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्दै जनमत निर्माण गर्न एमाले महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई लक्षित

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजन रोक्न संस्थापन समूहको पहल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको नाममा पार्टी

कांग्रेसका १७ भ्रातृ संगठन-विशेष महाधिवेशनको विपक्ष, चुनावमा केन्द्रित हुन आह्वान

काठमाडौं । नेपाली कांग्रेसका १७ भ्रातृ संगठनले पार्टीभित्रको विशेष महाधिवेशनको