२०८२, २२ चैत्र सोमबार

अन्तर्राष्ट्रिय बजारमा चिनियाँ युनान कफीको माग बढ्दो

अन्तर्राष्ट्रिय बजारमा चिनियाँ युनान कफीको माग बढ्दो


एजेन्सी । चीनको दक्षिणपश्चिम क्षेत्र युनान प्रान्तको कफी अन्तर्राष्ट्रिय बजारमा तीव्र लोकप्रिय हुँदै गएको छ। निर्यात मात्रा र मूल्य दुवैमा वृद्धिसँगै युनान कफी विदेशमा रोजाइमा परेको हो।

बाओशान शहरको प्रशोधन कार्यशालामा दैनिक करिब दुई टन कफीको दाना भुटिने र विभिन्न ग्राहकका प्राथमिकताअनुसार तयार पारिने गरेको छ। कफी कम्पनीहरूले उत्पादन क्षमता विस्तार गर्दै विदेशी अर्डर पूरा गर्दै आएका छन्। कम्पनी निर्देशक फ्यान बेनका अनुसार, “यस वर्ष तेस्रो कारखाना निर्माण गरेका छौं। विदेश बिक्री गत वर्षको तुलनामा ३७ प्रतिशतले बढेको छ र अहिलेसम्म २० लाख अमेरिकी डलरभन्दा बढी मूल्यका उत्पादन निर्यात भएका छन्।”

अन्तर्राष्ट्रिय कफीको मूल्यमा वृद्धि भएपछि युनान कफीको माग र मूल्य पनि उच्च रहेको छ। स्थानीय कम्पनीका ली फेङ्क्वान भन्छन्, “अन्तर्राष्ट्रिय बजारमा युनान कफीको पहुँच सिंगापुर, मलेसिया, भियतनाम, युरोप र अमेरिकासम्म विस्तार भएको छ। यस वर्ष अहिलेसम्म हाम्रो उत्पादन मूल्य ७०,००० अमेरिकी डलर नाघेको छ।”

भन्सार तथ्याङ्कअनुसार, यस वर्षको पहिलो आठ महिनामा युनानले १० करोड अमेरिकी डलरभन्दा बढी कफी र सम्बन्धित उत्पादनहरू निर्यात गरेको छ। यो चीनमा सबैभन्दा ठूलो निर्यात क्षेत्रका रूपमा स्थापित भएको छ।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  १२ : ०५ बजे

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने छ। प्रतिनिधिसभाको