२०८३, २९ भाद्र मंगलबार

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक


काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ।

युरोपियन युरोको खरिददर १६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४८ पैसा, बेलायती पाउण्डको खरिददर १८७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७६ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ९२ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलरको १०१ रुपैयाँ ०३ पैसा, र सिङ्गापुर डलरको १०९ रुपैयाँ ०७ पैसा रहेको छ।

जापानी येन (१०) को खरिददर ९ रुपैयाँ २७ पैसा र चिनियाँ युआनको १९ रुपैयाँ ८८ पैसा कायम गरिएको छ। खाडी मुलुकहरूका मुद्रामध्ये साउदी रियालको खरिददर ३७ रुपैयाँ ७५ पैसा, युएई दिरामको ३८ रुपैयाँ ५५ पैसा र कतारी रियालको ३८ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ। उच्च मूल्य भएका मुद्राहरूमा कुवेती दिनारको खरिददर ४६१ रुपैयाँ १६ पैसा, बहराइन दिनारको ३७५ रुपैयाँ ५७ पैसा र ओमनी रियालको ३६७ रुपैयाँ ७७ पैसा रहेको छ।

राष्ट्र बैंकले विनिमयदर दैनिक रूपमा तोक्ने गर्दछ, जसका आधारमा बैंक तथा वित्तीय संस्थाहरूले विदेशी मुद्रासँग सम्बन्धित कारोबारहरू सञ्चालन गर्ने गर्छन्।

प्रकाशित मिति : २०८२, २५ आश्विन शनिबार  ७ : ४५ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक