२०८२, २६ आश्विन आईतबार

निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमति छैन : मन्त्री खरेल

निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमति छैन : मन्त्री खरेल


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले राजनीतिक दलहरु निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमति नरहेको बताए ।  

शुक्रबार शितल निवासमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राजनीतिक दलहरुका नेताहरु र राजनीतिक दलहरुले निर्वाचनमा जानुपर्छ भन्ने कुरा आत्मसात गरेको बताएका हुन् ।

उनले भने, ‘आजको छलफलमा राजनीतिक दलहरुका नेताहरुको तर्फबाट पनि र राजनीतिक दलहरुको तर्फबाट पनि निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमती रहेन । निर्वाचनमा जानुपर्छ भन्ने कुरा उहाँहरुले पनि आत्मसात गर्नुभएको छ र निर्वाचनमा जाने हो भन्नु भएको छ तर त्यसमा कतिपय राजनीतिक दलहरु निर्वाचनमा जाने निर्णय गरिसकेकोले निर्वाचन स्वस्छ, निश्पक्ष, धादलीरहित वातावरणमा हुनुपर्छ भन्ने रहेको छ।’

मन्त्री खरेलले राष्ट्रपति रामचन्द्र पौडेलको आव्हानमा सरकारले भोली नै जेनजीहरुबीच छलफल गर्ने पनि बताए ।

प्रकाशित मिति : २०८२, २५ आश्विन शनिबार  ७ : ३२ बजे

नेविसंघले मेयर बालेन शाह र सुदन गुरुङविरुद्ध किटानी जाहेरी दियो

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ

नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक शुरु

भक्तपुर । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक भक्तपुरको गुण्डुमा शुरु

इजरायलका प्रधानमन्त्री कार्यालयका अधिकारीले भने : विपिनको अवस्था थाहा छैन

इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले नेपाली राजदूत धनप्रसाद पण्डितलाई जानकारी दिएका

सोमबारबाट सुरु हुँदै जसपा नेपालको मधेस अधिवेशन

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अधिवेशन

अन्तर्राष्ट्रिय बजारमा चिनियाँ युनान कफीको माग बढ्दो

एजेन्सी । चीनको दक्षिणपश्चिम क्षेत्र युनान प्रान्तको कफी अन्तर्राष्ट्रिय बजारमा