२०८२, ६ माघ मंगलबार

हर्क साम्पाङको कटाक्ष : “बालेनलाई आफ्नै गृहमन्त्रीले पक्रेला भन्ने डर छ”

हर्क साम्पाङको कटाक्ष : “बालेनलाई आफ्नै गृहमन्त्रीले पक्रेला भन्ने डर छ”


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहप्रति कडा टिप्पणी गरेका छन्। हर्कले बालेनलाई आफ्नै गृहमन्त्रीबाटै पक्राउ पर्ने डर भएको आरोप लगाउँदै उनको सामाजिक सञ्जालमा गरिएको लामो स्टाटसलाई ‘असफलताको परिचय’ भनेका छन्।

साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, “आफ्नै गृहमन्त्रीले आफैँलाई पक्रन्छ कि भन्ने डरले, वर्षमा लेख्ने मेरो जम्मा स्टाटसभन्दा धेरै लामो स्टाटस लेखी प्रहरीलाई बयान लेख्नु भनेको असफलताको परिचय दिनु हो।”

उनले प्रश्न गरेका छन्, “आफ्नै प्रधानमन्त्री, आफ्नै गृहमन्त्री भएर पनि प्रहरी किन आफ्नो बन्न सकेन?” साम्पाङको भनाइमा, देशलाई धोका दिने मानिसहरूको सरकार ‘आफ्नो’ भए पनि राज्य आफ्नो नहुने र प्रहरी राज्यको प्रतीक भएकाले त्यसको प्रभाव त्यहीँ देखिएको हो।

यो टिप्पणी बालेन साहले अनेरास्ववियु नेताहरूले आफू र सुदन गुरुङविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएको घटनापछि सामाजिक सञ्जालमा लामो प्रतिक्रिया दिएका बेला आएको हो।

साम्पाङको अभिव्यक्तिलाई राजनीतिक र प्रशासनिक वृत्तमा विभिन्न कोणबाट व्याख्या गरिएको छ। कतिपयले यसलाई स्थानीय नेतृत्वबीचको वैचारिक टकरावको प्रतिफल भनेका छन् भने अरूले बालेनप्रतिको आलोचनात्मक व्यंग्यका रूपमा हेरेका छन्।

प्रकाशित मिति : २०८२, २३ आश्विन बिहीबार  ३ : ५४ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित