२०८२, २२ फाल्गुन शनिबार

हर्क साम्पाङको कटाक्ष : “बालेनलाई आफ्नै गृहमन्त्रीले पक्रेला भन्ने डर छ”

हर्क साम्पाङको कटाक्ष : “बालेनलाई आफ्नै गृहमन्त्रीले पक्रेला भन्ने डर छ”


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहप्रति कडा टिप्पणी गरेका छन्। हर्कले बालेनलाई आफ्नै गृहमन्त्रीबाटै पक्राउ पर्ने डर भएको आरोप लगाउँदै उनको सामाजिक सञ्जालमा गरिएको लामो स्टाटसलाई ‘असफलताको परिचय’ भनेका छन्।

साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, “आफ्नै गृहमन्त्रीले आफैँलाई पक्रन्छ कि भन्ने डरले, वर्षमा लेख्ने मेरो जम्मा स्टाटसभन्दा धेरै लामो स्टाटस लेखी प्रहरीलाई बयान लेख्नु भनेको असफलताको परिचय दिनु हो।”

उनले प्रश्न गरेका छन्, “आफ्नै प्रधानमन्त्री, आफ्नै गृहमन्त्री भएर पनि प्रहरी किन आफ्नो बन्न सकेन?” साम्पाङको भनाइमा, देशलाई धोका दिने मानिसहरूको सरकार ‘आफ्नो’ भए पनि राज्य आफ्नो नहुने र प्रहरी राज्यको प्रतीक भएकाले त्यसको प्रभाव त्यहीँ देखिएको हो।

यो टिप्पणी बालेन साहले अनेरास्ववियु नेताहरूले आफू र सुदन गुरुङविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएको घटनापछि सामाजिक सञ्जालमा लामो प्रतिक्रिया दिएका बेला आएको हो।

साम्पाङको अभिव्यक्तिलाई राजनीतिक र प्रशासनिक वृत्तमा विभिन्न कोणबाट व्याख्या गरिएको छ। कतिपयले यसलाई स्थानीय नेतृत्वबीचको वैचारिक टकरावको प्रतिफल भनेका छन् भने अरूले बालेनप्रतिको आलोचनात्मक व्यंग्यका रूपमा हेरेका छन्।

प्रकाशित मिति : २०८२, २३ आश्विन बिहीबार  ३ : ५४ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै