२०८२, १५ पुस मंगलबार

माइतीघरमा जेनजी अभियन्ता डा. निकोलस भुसाल पक्राउ

माइतीघरमा जेनजी अभियन्ता डा. निकोलस भुसाल पक्राउ


काठमाडौं । माइतीघर मण्डलामा आन्दोलन गर्न गएका जेनजी अभियन्ता डा. निकोलस भुसाल पक्राउ परेका छन्।
जेनजीको माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका भुसालसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

माइतीघर परिसरमा प्रहरीको ठूलो परिचालन गरिएको छ र प्रदर्शन गर्न कुनै पनि व्यक्तिलाई अनुमति दिइएको छैन। जेनजी आन्दोलनको एक महिना पूरा भए पनि केही माग सम्बोधन नभएको भन्दै भुसालको समूहले प्रदर्शन आयोजना गरेको थियो।

काठमाडौं जिल्ला प्रशासनले यसअघि नै धर्ना, जुलुस वा प्रदर्शन नगर्न सार्वजनिक सूचना जारी गरेको थियो। सोही निर्णयअनुसार, माइतीघर मण्डला र वरिपरिका क्षेत्रमा कुनै पनि हुल–बाँधर उभिन दिइएको छैन।

प्रकाशित मिति : २०८२, २३ आश्विन बिहीबार  ११ : ३१ बजे

कुलमानलक्षित हर्कको कटाक्ष : आफ्नो विचारमा टिक्न नसक्नेलाई भोट होइन बहिष्कार !

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हालै राष्ट्रिय स्वतन्त्र पार्टी

आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं। गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै पुरानो वर्षलाई

तोकियो उम्मेदवारको खर्च सीमा, बढीमा ३३ लाख खर्च गर्न पाउने

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि

कांग्रेसले मंगलबार बिहानसम्म पनि बुझाउन सकेन समानुपातिकको बन्दसूची

काठमाडौं। नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरूको बन्दसूची मंगलबार बिहानसम्म पनि निर्वाचन

मतपत्र छपाइको तयारीमा जुट्यो निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र