२०८२, २३ आश्विन बिहीबार

कांग्रेस पदाधिकारी बैठकमा देउवा सहभागी नहुने, पूर्णबहादुरले अध्यक्षता गर्ने

कांग्रेस पदाधिकारी बैठकमा देउवा सहभागी नहुने, पूर्णबहादुरले अध्यक्षता गर्ने


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसोका लागि पदाधिकारी बैठक बोलाए पनि उनी स्वयं बैठकमा सहभागी नहुने भएका छन्।

बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गर्ने बताइएको छ। बैठक बिहीबार दिउँसो १ बजे, हिमालय होटल, कुपण्डोलमा बस्ने तय गरिएको छ। बैठकमा आगामी २६ असोजमा बस्ने केन्द्रीय समितिको एजेण्डा, महाधिवेशन तयारी, र आगामी निर्वाचन रणनीतिलगायत विषयमा छलफल हुनेछ। पदाधिकारी बैठकले पार्टीभित्र हाल देखिएका असन्तुष्ट धार, संगठन विस्तार, र स्थानीय तहमा देखिएका मतभेद समाधानका विषयमा पनि केन्द्रित हुने जनाइएको छ।

देउवा जेन–जी आन्दोलनपछिका घटनापछि पहिलोपटक औपचारिक कार्यक्रमका लागि बोलाइएका भए पनि, उनी व्यक्तिगत कारण देखाउँदै बैठकमा उपस्थित नहुने भएका हुन्। उक्त आन्दोलनका क्रममा भदौ २४ गते देउवा र उनकी पत्नी आरजु राणा माथि आक्रमण भएको थियो, जसपछि देउवा लामो समयदेखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।

बैठकमा महासमिति बैठकको तयारी, अधिवेशन मिति टुंग्याउने कार्यदलको प्रतिवेदन र संगठन सुदृढीकरणका विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, २३ आश्विन बिहीबार  ९ : ५९ बजे

कुलमान घिसिङद्वारा क्षतिग्रस्त बीपी राजमार्ग अनुगमन, अस्थायी डाइभर्सन बनाउने तयारी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बाढी–पहिरोले

माइतीघरमा जेनजी अभियन्ता डा. निकोलस भुसाल पक्राउ

काठमाडौं । माइतीघर मण्डलामा आन्दोलन गर्न गएका जेनजी अभियन्ता डा.

स्याउ र अनारको मूल्य घट्दा एभोकाडोको मूल्य बढ्यो

काठमाडौं । कालीमाटी बजारमा स्याउ र अनारको मूल्य घट्दा एभोकाडोको

कांग्रेस पदाधिकारी बैठकमा देउवा सहभागी नहुने, पूर्णबहादुरले अध्यक्षता गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसोका लागि

स्थायित्व, विश्वास र सेवा उत्कृष्टताका कारण एभरेष्ट बैंक अरु भन्दा अग्रस्थानमा

काठमाडौं । स्थायित्व, विश्वास र उत्कृष्ट सेवा प्रदानका कारण एभरेष्ट