काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर र युरोपियन युरोको भाउ घटेको छ भने स्वीस फ्रयांक महँगो भएको छ।
आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ, जुन हिजोको तुलनामा दुई पैसाले सस्तो हो। युरोपियन युरोको खरिददर १६५ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९५ पैसा तोकिएको छ। हिजोको तुलनामा युरो पनि करिब एक रुपैयाँले सस्तो भएको छ।
स्वीस फ्रयांक भने अलि महँगो भएको छ। आज एक स्वीस फ्रयांकको खरिददर १७७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३० पैसा कायम गरिएको छ, जसमा हिजोको तुलनामा पाँच पैसाको वृद्धि भएको छ। अष्ट्रेलियन र क्यानेडियन डलर स्थिरजस्तै छन् भने जापानी येन, चिनियाँ युआन र युके पाउण्ड स्ट्रलिङमा हल्का गिरावट देखिएको छ।
खाडी मुलुकका मुद्राहरू स्थिर छन्। साउदी रियाल ३७ रुपैयाँ ९५ पैसा र कतारी रियाल ३९ रुपैयाँ ५ पैसा कायम भएको छ। कुवेती दिनार ४६४ रुपैयाँ ६५ पैसामा कायम रहँदै अझै पनि सबैभन्दा महँगो विदेशी मुद्रा बनेको छ। भारतीय रुपैयाँ सधैंझैं स्थिर छ – १०० भारतीय रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।






प्रतिक्रिया