२०८२, २२ आश्विन बुधबार

यौनदुराचार र आपराधिक क्रियाकलापमा संलग्न ७ नेपालीलाई अमेरिकाद्वारा कठोर देशनिकाला

यौनदुराचार र आपराधिक क्रियाकलापमा संलग्न ७ नेपालीलाई अमेरिकाद्वारा कठोर देशनिकाला


काठमाडौं । यौनदुराचारसहितका आपराधिक क्रियाकलापमा संलग्न ७ जना नेपालीलाई अमेरिकाले कठोर कारबाही गर्दै नेपाल डिपोर्ट गरेको छ।

२८ देखि ३९ वर्ष उमेर समूहका ती नेपालीहरू यौन आक्रमण, डकैती, हतियारसहित आक्रमण, नाबालिगसँग अश्लील च्याट, र मादक पदार्थ सेवन गरी गाडी चलाउने अभियोगमा दोषी ठहर भएका हुन्।

अमेरिकी अध्यागमन अदालतको आदेशपछि उनीहरूलाई न्युयोर्क, नेवार्क, लोगन, भर्जिनिया, एरिजोना र टेक्सासका विमानस्थलमार्फत नेपाल फर्काइएको जनाएको छ।

१५ जुलाई मा ३९ वर्षीय एक नेपालीलाई यौन आक्रमण र शारीरिक दुर्व्यवहारको अभियोगमा न्युयोर्कको जोन एफ. केनेडी विमानस्थलबाट फर्काइएको हो। उनलाई गत २४ अप्रिल मा अध्यागमन अदालतले देशनिकालाको आदेश दिएको थियो।

मेरिल्याण्ड निवासी ३६ वर्षीय नेपालीलाई पनि १७ जनवरी मा अदालतले आदेश दिएपछि ६ मार्च मा नेवार्क अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल पठाइयो।

डकैतीमा संलग्न २८ वर्षीय नेपालीलाई १० जुन मा एरिजोनाबाट फर्काइएको छ भने हतियारसहित आक्रमण गरेको अभियोगमा ३४ वर्षीय नेपालीलाई २९ अप्रिल मा लोगन विमानस्थलबाट डिपोर्ट गरिएको हो।

नाबालिगसँग अश्लील च्याट गरेको अभियोगमा ३० वर्षीय नेपालीलाई ३ जुन मा भर्जिनियाबाट र त्यस्तै अभियोगमा ३५ वर्षीय नेपालीलाई १० जुन मा एरिजोनाबाट फर्काइएको छ।

त्यसैगरी मादक पदार्थ सेवनपछि गाडी चलाएको अभियोगमा ३७ वर्षीय नेपालीलाई टेक्सासबाट कतार हुँदै नेपाल डिपोर्ट गरिएको छ। उनी सन् २०११ मार्च २९ मा दोषी ठहर भएका थिए भने २०१७ जुलाई १९ मा अदालतले देशनिकालाको आदेश दिएको थियो।

प्रकाशित मिति : २०८२, २२ आश्विन बुधबार  ९ : २३ बजे

प्रदेशले तय गर्छ विकासको बाटो, केन्द्रले आदेश दिने होईन : मुख्यमन्त्री आचार्य 

जेन–जी आन्दोलनपछि देशको राजनीतिक धरातल हल्लिएको छ । युवापुस्ताको विद्रोही

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी

यौनदुराचार र आपराधिक क्रियाकलापमा संलग्न ७ नेपालीलाई अमेरिकाद्वारा कठोर देशनिकाला

काठमाडौं । यौनदुराचारसहितका आपराधिक क्रियाकलापमा संलग्न ७ जना नेपालीलाई अमेरिकाले

बालेन र सुधनविरूद्ध जाहेरी लिएर पूर्व अध्यक्ष समिक बडालको नेतृत्वमा अखिलको टोली प्रहरी परिसर पुगे

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका पूर्व अध्यक्ष समिक

ओली र लेखकविरुद्ध जाहेरी आयोगमा पठाइयो

काठमाडौं । ‘हामी नेपाल’ संस्थाका संस्थापक सुदन गुरुङले पूर्वप्रधानमन्त्री केपी