२०८२, २२ फाल्गुन शनिबार

यौनदुराचार र आपराधिक क्रियाकलापमा संलग्न ७ नेपालीलाई अमेरिकाद्वारा कठोर देशनिकाला

यौनदुराचार र आपराधिक क्रियाकलापमा संलग्न ७ नेपालीलाई अमेरिकाद्वारा कठोर देशनिकाला


काठमाडौं । यौनदुराचारसहितका आपराधिक क्रियाकलापमा संलग्न ७ जना नेपालीलाई अमेरिकाले कठोर कारबाही गर्दै नेपाल डिपोर्ट गरेको छ।

२८ देखि ३९ वर्ष उमेर समूहका ती नेपालीहरू यौन आक्रमण, डकैती, हतियारसहित आक्रमण, नाबालिगसँग अश्लील च्याट, र मादक पदार्थ सेवन गरी गाडी चलाउने अभियोगमा दोषी ठहर भएका हुन्।

अमेरिकी अध्यागमन अदालतको आदेशपछि उनीहरूलाई न्युयोर्क, नेवार्क, लोगन, भर्जिनिया, एरिजोना र टेक्सासका विमानस्थलमार्फत नेपाल फर्काइएको जनाएको छ।

१५ जुलाई मा ३९ वर्षीय एक नेपालीलाई यौन आक्रमण र शारीरिक दुर्व्यवहारको अभियोगमा न्युयोर्कको जोन एफ. केनेडी विमानस्थलबाट फर्काइएको हो। उनलाई गत २४ अप्रिल मा अध्यागमन अदालतले देशनिकालाको आदेश दिएको थियो।

मेरिल्याण्ड निवासी ३६ वर्षीय नेपालीलाई पनि १७ जनवरी मा अदालतले आदेश दिएपछि ६ मार्च मा नेवार्क अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल पठाइयो।

डकैतीमा संलग्न २८ वर्षीय नेपालीलाई १० जुन मा एरिजोनाबाट फर्काइएको छ भने हतियारसहित आक्रमण गरेको अभियोगमा ३४ वर्षीय नेपालीलाई २९ अप्रिल मा लोगन विमानस्थलबाट डिपोर्ट गरिएको हो।

नाबालिगसँग अश्लील च्याट गरेको अभियोगमा ३० वर्षीय नेपालीलाई ३ जुन मा भर्जिनियाबाट र त्यस्तै अभियोगमा ३५ वर्षीय नेपालीलाई १० जुन मा एरिजोनाबाट फर्काइएको छ।

त्यसैगरी मादक पदार्थ सेवनपछि गाडी चलाएको अभियोगमा ३७ वर्षीय नेपालीलाई टेक्सासबाट कतार हुँदै नेपाल डिपोर्ट गरिएको छ। उनी सन् २०११ मार्च २९ मा दोषी ठहर भएका थिए भने २०१७ जुलाई १९ मा अदालतले देशनिकालाको आदेश दिएको थियो।

प्रकाशित मिति : २०८२, २२ आश्विन बुधबार  ९ : २३ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै