२०८२, २९ कार्तिक शनिबार

बाढी-पहिरोपीडितलाई तत्काल अस्थायी आवास अनुदान, विपद् व्यवस्थापन परिषद्को ७ निर्णय

बाढी-पहिरोपीडितलाई तत्काल अस्थायी आवास अनुदान, विपद् व्यवस्थापन परिषद्को ७ निर्णय


काठमाडौं । सरकारले हालैको बाढी र पहिरोबाट घरबास गुमाएका प्रभावितलाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको छ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले उक्त निर्णय गरेको हो। बैठकको अध्यक्षता प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष सुशीला कार्कीले गर्नुभएको थियो। बैठकले बाढी-पहिरो प्रभावितका लागि अस्थायी आवास निर्माणसम्बन्धी ७ निर्णयहरू लिएको छ। निर्णय अनुसार, प्रभावित परिवारहरूको तत्काल पहिचान गरी उनीहरूलाई अनुदानको पहिलो किस्ता उपलब्ध गराउने व्यवस्था गर्न स्थानीय तहहरूलाई निर्देशन दिइएको छ।

निर्णय नम्बर ७ मा भनिएको छ:

“विपद्‌मा घरबास गुमाएका परिवारहरूको अस्थायी आवास निर्माणका लागि स्थानीय तहको समन्वयमा यथाशीघ्र लाभग्राहीको पहिचान गरी पठाउने। लाभग्राही पहिचान भएपछि अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने।”

सरकारको यस कदमले प्रभावित परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको छ। साथै, परिषद्को बैठकले आपत्कालीन व्यवस्थापन, राहत वितरण, स्थानीय समन्वय र पुननिर्माणका अन्य उपायहरूमा पनि ध्यान केन्द्रित गरेको छ।

प्रकाशित मिति : २०८२, २१ आश्विन मंगलबार  ३ : ५२ बजे

ट्रम्पले बीबीसीविरूद्ध कानुनी कारवाही गर्ने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरूद्ध एक अर्बदेखि पाँच

आन्दोलनकारीबाट मुख्यमन्त्री यादवलाई सुरक्षा चुनौती, सीमित कार्यक्रमहरूमा मात्र सहभागिता

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा

आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्ध मधेशमा विरोध प्रदर्शन

काठमाडौँ । नेकपा एमालेको असंवैधानिक गतिविधि भन्दै जनकपुरधाममा वृहत् जनप्रदर्शन

प्रहरीको गोली प्रहारबाट वडाध्यक्षको मृत्यु

दाङ । धनुषाको मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष विन्देश्वर