२०८२, ११ मंसिर बिहीबार

आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा

आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आजका दरअनुसार अमेरिकी डलरको खरिददर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकद्वारा सार्वजनिक दरअनुसार अष्ट्रेलियन डलरको खरिददर ९३ रुपैयाँ ५० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९० पैसा, क्यानेडियन डलरको खरिददर १०१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९९ पैसा रहेको छ। युरोपेली युरोको खरिददर १६६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६६ रुपैयाँ १९ पैसा कायम भएको छ।

त्यस्तै, सिङ्गापुर डलरको खरिददर १०९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११० रुपैयाँ ०३ पैसा, युके पाउण्ड स्ट्रलिङको खरिददर १९० रुपैयाँ ३६ पैसा र बिक्रीदर १९१ रुपैयाँ १७ पैसा रहेको छ। स्वीस फ्रयाङ्कको खरिददर १७७ रुपैयाँ ६० पैसा र बिक्रीदर १७८ रुपैयाँ ३५ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा, चिनियाँ युआनको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर २० रुपैयाँ रहेको छ। थाइ भाटको खरिददर ४ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४ रुपैयाँ ३९ पैसा छ।

यस्तै, साउदी अरेबियन रियालको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा, कतारी रियालको खरिददर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०६ पैसा र युएई दिरामको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा रहेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। यसबाहेक, कुवेती दिनारको खरिददर ४६३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ८४ पैसा, बहराइन दिनारको खरिददर ३७६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६४ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको यो विनिमय दर बैंकहरूले विदेशी मुद्राको खरिद र बिक्री गर्दा प्रयोग गर्छन्। यद्यपि, प्रायः बैंकहरूले सेवा शुल्क लगायतका कारणले तोकिएको दरभन्दा केही फरक दरमा लेनदेन गर्न सक्छन्।

प्रकाशित मिति : २०८२, २१ आश्विन मंगलबार  ९ : १३ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री