२०८२, २२ फाल्गुन शनिबार

सुदन किराँतीको स्पष्ट प्रहार : ‘जेनजी विद्रोहको मुख्य जिम्मेवार माओवादी’

सुदन किराँतीको स्पष्ट प्रहार : ‘जेनजी विद्रोहको मुख्य जिम्मेवार माओवादी’

माओवादी र नेकपा एससँगको एकता हानिकारक


काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता सुदन किराँतीले जेनजी विद्रोहको मूल कारण आफ्नो पार्टी नै भएको बताएका छन्। केन्द्रीय कमिटीको पहिलो दिन आयोजित बैठकमा किराँतीले नेताहरू परिवार, पैसा, सुन र धनको पछि लाग्दा जनता निराश भएको बताए। उनले भने, “आत्म स्वीकार गरौं। कांग्रेस र एमालेको भ्रष्टाचारको विरोधमा जनयुद्ध गरेका थियौं, तर हामी पनि उस्तै देखिएर जनता निराश भए। नेताले मृत्युको प्रवाह गरेनन्, त्यस बेला पार्टी बलियो भयो। जीवनको लोभ गर्न थाल्दा पार्टी कमजोर भयो। हामी कमजोरी यसरी भयौँ।”

किराँतीले पार्टीलाई यथास्थितिमा अघि बढाउन निर्देशक कमिटी बनाएर सबै पदाधिकारीले राजीनामा दिनुपर्ने, स्थायी समितिका वरिष्ठ नेतालाई संयोजक बनाउने, र अधिवेशनमार्फत नेतृत्व छाड्ने ग्यारेन्टी लिनुपर्ने प्रस्ताव राखे। उनले नेकपा एससँगको पार्टी एकता हानिकारक भएको पनि स्पष्ट पार्दै भने, “माधव नेपालमाथि भ्रष्टाचार मुद्दा चलिरहँदा एकता गरेर जनतामाझ जान सकिँदैन। मुद्दा निष्कर्षमा आएपछि मात्र एकता गर्न सकिन्छ। जेनजी आन्दोलन भ्रष्टाचारविरुद्धको हो, र हाम्रो पार्टीले पनि सुशासनको कुरा उठाउँदै आएको छ।”

प्रकाशित मिति : २०८२, १० आश्विन शुक्रबार  १० : ४६ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै