२०८२, ९ आश्विन बिहीबार

असोज २९ देखि १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी

असोज २९ देखि १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी


ललितपुर । आउँदो तिहार र छठ पर्वलाई लक्षित गरी फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा १८ औं गोदावरी पुष्प मेला तथा प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने मूल नारासहित मेला यही असोज २९ गतेदेखि कात्तिक २ गतेसम्म ललितपुरको जावलाखेलस्थित खेलमैदानमा आयोजना हुने फ्यानका उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जन ले जानकारी दिए ।

प्रदर्शनीमा ८० व्यावसायिक स्टल, ३ सूचनामूलक, १ प्रतिस्पर्धा र १ सेल्फी स्टल सहित कुल ८५ वटा स्टल रहनेछन् । गोदावरीका नयाँ प्रजातिहरूसहित सयपत्री, मखमली, मौसमी फूल, बिउबिजन, मलखाद र कृषि औजारसमेत बिक्री–प्रदर्शनीमा राखिनेछ । पाँच दिनसम्म चल्ने प्रदर्शनी बिहान ९ बजेदेखि साँझ ५:३० बजेसम्म सञ्चालन हुनेछ । यस अवधिमा ४२ हजारभन्दा बढी अवलोकनकर्ता आउने र करिब १ करोड २० लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

यसपटक पनि गोदावरीका ४ विधा (मिनियचर, रिफ्लेक्स, स्पाइडर र इन्कर्भ) मा प्रतियोगिता हुनेछ । विजयी नर्सरी वा फर्मलाई शिल्ड, नगद र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । साथै, कट–फ्लावर विधा र स्टल सजावटतर्फ पनि उत्कृष्टलाई पुरस्कार दिइनेछ । फ्यानका अध्यक्ष राजेश भक्त श्रेष्ठ ले प्रदर्शनीले पुष्प व्यवसायीलाई प्रोत्साहन गर्ने, प्रतिस्पर्धात्मक भावना बढाउने र गुणस्तरीय उत्पादनमा टेवा पुर्‍याउने बताए । उनका अनुसार हाल उत्पादक किसानहरूको बजार क्षेत्र सीमित भएकाले यस किसिमको प्रदर्शनीले बजार विस्तारमा टेवा पुग्नेछ ।

प्रवेश शुल्कतर्फ विद्यार्थीका लागि १०० रुपैयाँ, सर्वसाधारणका लागि १५० रुपैयाँ तोकिएको छ भने ज्येष्ठ नागरिकलाई नागरिकता वा परिचयपत्रसहित निःशुल्क प्रवेश दिइने फ्यानका कोषाध्यक्ष राजकृष्ण बजगाईँ ले जानकारी दिए । नेपालमा पुष्प व्यवसाय वि.सं. २०११ सालदेखि सामान्य स्तरमा शुरु भए पनि अहिले सातै प्रदेशका मुख्य शहरहरूमा फैलिँदै गएको फ्यानले जनाएको छ ।

प्रकाशित मिति : २०८२, ९ आश्विन बिहीबार  १० : ३१ बजे

“देश बचाउन लडेँ, भ्रष्टाचार नगर्नु मेरो अपराध भएछ” : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा

डिजिटल रुपान्तरणमा ‘मबिल’ : बिल तिर्नदेखि व्यवस्थापनसम्मका काममा सहज

काठमाडौं । नेपालका रेष्टुराँ उद्योगदेखि सबै नवप्रवर्तनहरु एवम उद्योग व्यवसाय

नेपाल-मस्को चेस महासंघबीच ६ बुँदे सम्झौता

काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र रसियाको मस्को क्षेत्रीय चेस

भूमि आयोग खारेज : १ हजार ४४४ जनाको जागिर जोखिममा

काठमाडौं । मन्त्रिपरिषद्ले राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको

दक्षिण चीनमा शक्तिशाली आँधी ‘रगासा’को कहर, लाखौं मानिस विस्थापित

काठमाडौं । दक्षिण चीनका विभिन्न प्रदेशमा आएको शक्तिशाली सामुन्द्रिक आँधी