२०८२, ६ माघ मंगलबार

माओवादीको स्थायी कमिटी बैठक पेरिसडाँडामा, विशेष महाधिवेशनबारे छलफल

माओवादीको स्थायी कमिटी बैठक पेरिसडाँडामा, विशेष महाधिवेशनबारे छलफल


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सुरु भएको छ। बैठक केहीबेरअघि प्रारम्भ भएको हो।

बैठकमा भोलि (बिहीबार) बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरिँदैछ। मुख्यसचिव गणेशमान पुनका अनुसार बैठकले पार्टीको वर्तमान अवस्थाबारे समग्र समीक्षा गर्दै आगामी रणनीतिमा निर्णय लिने तयारी गरेको छ।

यसअघि आइतबार बसेको पार्टी पदाधिकारी बैठकमा अध्यक्ष **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका थिए। सो प्रस्तावमा पार्टीका सबै संरचना र कमिटी भंग गरेर पुनःगठन गर्ने कुरा उल्लेख गरिएको थियो।

आजको स्थायी कमिटी बैठकले सो प्रस्तावमा गहिरो छलफल गर्नेछ भने भोलिको केन्द्रीय कमिटी बैठकले त्यसमा निर्णय लिने तयारी गरेको छ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, आगामी निर्वाचनको तयारी, तथा पार्टीभित्रको आन्तरिक असन्तोषबारे पनि छलफल हुने बताइएको छ।

पार्टीभित्रबाटै अध्यक्ष प्रचण्डको दीर्घकालीन नेतृत्वप्रति नयाँ पुस्ताबाट असन्तोष र दबाब बढ्दै गएको पृष्ठभूमिमा आजको बैठक संवेदनशील मानिएको छ।

आजको स्थायी कमिटी बैठकले तय गर्ने एजेन्डा अनुसार भोलिको केन्द्रीय कमिटी बैठकमा पार्टीको भावी रणनीति, संगठनात्मक पुनर्गठन र नेतृत्व व्यवस्थापनका विषयमा निर्णायक बहस र सम्भावित निर्णय हुन सक्ने आँकलन गरिएको छ।

प्रकाशित मिति : २०८२, ८ आश्विन बुधबार  २ : २० बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित