२०८२, १९ मंसिर शुक्रबार

नयाँ निवास गुन्डुमा सार्वजनिक भए अध्यक्ष ओली, नेताकर्मीसँग उत्साहपूर्ण भेटघाट

नयाँ निवास गुन्डुमा सार्वजनिक भए अध्यक्ष ओली, नेताकर्मीसँग उत्साहपूर्ण भेटघाट


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार भक्तपुरको गुन्डुस्थित नयाँ निवासमा सार्वजनिक भएका छन्। प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पहिलो पटक देखिएका ओलीलाई भेट्न पार्टीका नेता–कार्यकर्ता ठूलो संख्यामा गुन्डु पुगेका थिए। उनीहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको साथ र विश्वासले आफूलाई सधैं अगाडि बढ्न प्रेरणा दिने बताए।

पार्टी नेताहरूले ओलीलाई अझ मजबुत रूपमा अघि बढ्ने आत्मविश्वास दिलाएका थिए। ओलीको राजनीतिक यात्रा कठिन परिस्थितिमा पनि अडिग रहने नेतृत्वको उदाहरण भएको उनीहरूले उल्लेख गरे।

नयाँ निवास गुन्डुमा ओलीको पहिलो उपस्थितिलाई एमालेभित्र पुनः ऊर्जा र संगठन सुदृढीकरणको संकेतका रूपमा हेरिएको छ। नेता तथा कार्यकर्ताहरूले उनको स्वास्थ्य र उत्साहप्रति खुशी व्यक्त गर्दै भविष्यको यात्रामा साथ रहने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : २०८२, ७ आश्विन मंगलबार  ३ : २६ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको