२०८२, ६ माघ मंगलबार

नमोबुद्धका पूर्वमेयर टङ्कप्रसाद तिमल्सिनाको निधन

नमोबुद्धका पूर्वमेयर टङ्कप्रसाद तिमल्सिनाको निधन


काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद (टिपी) शर्मा तिमल्सिनाको आज बिहान निधन भएको छ।

धुलिखेल अस्पतालमा उपचाररत तिमल्सिनाको बिहानै निधन भएको उनका भतिजा प्रकाश तिमल्सिनाले जानकारी दिएका छन्।

६७ वर्षीय तिमल्सिना २०७४ सालको स्थानीय तह निर्वाचनमा नमोबुद्ध नगरपालिकाका नगरप्रमुखमा निर्वाचित भएका थिए। गत साउन १० गते बिपी राजमार्गस्थित बीसकिलोमा छोरा किशोरले चलाएको स्कुटरमा सवार रहँदा दुर्घटनामा परेपछि गम्भीर घाइते भएका उनी धुलिखेल अस्पतालको सघन उपचार कक्षमा उपचाररत थिए । उनका श्रीमती र दुई छोरा रहेका छन् ।

प्रकाशित मिति : २०८२, ७ आश्विन मंगलबार  ९ : १६ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित