२०८२, ११ मंसिर बिहीबार

नाडा एशोसिएशनले प्रधानमन्त्रीसँग अटोमोबाइल व्यवसायका समस्याबारे छलफल

नाडा एशोसिएशनले प्रधानमन्त्रीसँग अटोमोबाइल व्यवसायका समस्याबारे छलफल


काठमाडौँ । नेपालको अटोमोबाइल व्यवसायमा वर्तमान जटिल परिस्थितिले पारेको प्रभावबारे नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री शुशिला कार्कीसँग भेटवार्ता गरेको छ।

अध्यक्ष करण चौधरीको नेतृत्वमा भएको टोलीले प्रधानमन्त्रीलाई व्यवसायका समस्या र समाधानका उपायबारे जानकारी गराएको थियो। छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, र मुख्य सचिव एकनारायण अर्याल पनि उपस्थित थिए।

अध्यक्ष चौधरीले नाडा ४९ वर्ष पुरानो संस्था भएको र सातै प्रदेशमा शाखा विस्तार गरेको उल्लेख गर्दै, “सरकारले हामीले प्रस्तुत गरेका केही सुझाव कार्यान्वयन गरे मात्र पनि व्यवसायमा ठूलो सुधार आउँछ” बताए। उनले देशमा शान्ति, सुरक्षा र व्यावसायिक उत्थानका लागि सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता पनि जनाए।

यस अवसरमा नाडाले २२ बुँदे सुझावपत्र प्रधानमन्त्रीलाई बुझाएको थियो। प्रमुख मागहरूमा बैंकमार्फत पेट्रोल तथा डिजेल सवारीसाधनका लागि कर्जा प्रवाह सीमा ६०% बाट ८०% पुर्‍याउने, प्रदूषण नियन्त्रण मापदण्ड व्यवसायमैत्री बनाउने, र उद्योग प्रवद्र्धन परिषदमा नाडाको प्रतिनिधित्व सुनिश्चित गर्ने जस्ता बुँदा थिए।

प्रधानमन्त्री कार्कीले व्यवसायीका माग गम्भीरतापूर्वक सुन्ने प्रतिवद्धता व्यक्त गर्दै, “नेपालमा व्यवसाय गर्नु जुवा खेल्नु सरह भएको छ, तर सहनशीलताका साथ चुनौती पार गर्नुपर्छ” भनिन्। उनले बैंकिङ प्रणालीलाई व्यवसायमैत्री बनाउने, भन्सार शुल्क कम गर्ने, व्याजदरमा सहुलियत दिने र रोजगार सिर्जनामा निजी क्षेत्रलाई प्राथमिकता दिने आश्वासन पनि दिइन्।

भेटवार्तामा नाडाका सचिव विक्रम सिंहानिया, केन्द्रीय कार्यसमिति सदस्य कपिल शिवाकोटी, मेघराज पौडेल, र निशान ढकाल पनि सहभागी थिए।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  १० : २४ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री