२०८२, ४ कार्तिक सोमबार

सञ्चारमन्त्रीको पहिलो निर्णय : १० प्रमुख शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा

सञ्चारमन्त्रीको पहिलो निर्णय : १० प्रमुख शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा


काठमाडौँ । हालै नियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले पदभार ग्रहण गर्ने बित्तिकै देशभरका प्रमुख १० वटा शहरका सार्वजनिक स्थानहरूमा निःशुल्क इन्टरनेट सेवा सुरु गर्ने घोषणा गरेका छन्।

सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममार्फत पदभार ग्रहण गरेका मन्त्री खरेलले डिजिटल पहुँचलाई सबै नागरिकसम्म पुर्‍याउने उद्देश्यले उक्त निर्णय गरेको बताए। उनका अनुसार काठमाडौं उपत्यकाभित्रका सार्वजनिक स्थानहरूमा दुई महिनाभित्र र काठमाडौं बाहेकका १० प्रमुख शहरहरूमा पाँच महिनाभित्र निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइनेछ।

“सूचना र प्रविधिको युगमा डिजिटल पहुँच जनताको आधारभूत आवश्यकता हो। अबको नेपालको प्रविधि विकासमा जनताको प्रत्यक्ष सहभागिता हुनु आवश्यक छ,” मन्त्री खरेलले भने।

मन्त्री खरेलले पदभार ग्रहणको क्रममा कर्मचारीद्वारा तयार पारिएको प्रारम्भिक प्रस्तावमा केही संशोधन र परिमार्जन गराई सार्वजनिक हितमा तत्काल लागू गर्न मिल्ने निर्णयहरू थप गराएका थिए।

हालको निर्णय अनुसार, निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्ने सार्वजनिक स्थानहरूमा प्रमुख चोकहरू, पार्कहरू, बसपार्क, सार्वजनिक कार्यालयहरू वरपरका क्षेत्रहरू, तथा शैक्षिक संस्थाका आसपास प्राथमिकता दिइने जनाइएको छ। यस सेवाको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीहरू र स्थानीय तहसँग समन्वय गर्ने बताएको छ।

सूचना प्रविधिको उपयोगद्वारा शासन प्रणालीलाई जनमुखी बनाउने सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ अन्तर्गत मन्त्री खरेलको यो निर्णयलाई एक सकारात्मक प्रारम्भिक पहलका रूपमा हेरिएको छ। सरोकारवाला निकायहरूले पनि यो निर्णयलाई स्वागत गर्दै समयमै कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  ६ : ४४ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,