२०८२, ४ कार्तिक सोमबार

रास्वपाको केन्द्रीय समिति बैठक मंगलबार, आगामी रणनीति तय गर्ने तयारी

रास्वपाको केन्द्रीय समिति बैठक मंगलबार, आगामी रणनीति तय गर्ने तयारी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक मंगलबार बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने भएको छ । पार्टीले सोमबार जारी गरेको सूचनाअनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठनात्मक गतिविधि तथा आगामी निर्वाचन रणनीतिसहित सात मुख्य विषयमा गम्भीर छलफल हुनेछ ।

पार्टीका अनुसार बैठकको प्रारम्भिक चरणमा समसामयिक परिस्थिति र बैठकको औचित्यबारे चर्चा गरिनेछ । त्यसपछि हालै सम्पन्न प्रदेश स्तरीय बैठकहरूबाट प्राप्त रिपोर्टहरू सभापतिहरूमार्फत प्रस्तुत गरिने छन् । बैठकमा पछिल्लो राजनीतिक परिवर्तनहरूप्रति केन्द्रीय सदस्यहरूको धारणा पनि प्रस्तुत गरिने जनाइएको छ । साथै, पार्टी संगठन सुदृढीकरण र विभागीय संरचनाको सुदृढीकरणबारे व्यापक छलफल हुने बताइएको छ ।

रास्वपाले आसन्न प्रतिनिधिसभा उपनिर्वाचनका लागि अपनाउने रणनीति बैठकमै तय गर्ने तयारी गरेको छ। साथै, पार्टीको ऐतिहासिक महाधिवेशनका सन्दर्भमा आवश्यक तयारी, कार्यतालिका र प्रक्रिया सम्बन्धी विषयमा पनि विस्तृत छलफल हुने कार्यक्रम रहेको छ । पार्टीले बैठकमा विविध समसामयिक विषयहरूमा आवश्यक निर्णय लिने र राजनीतिक गतिविधिलाई अझ प्रभावकारी बनाउने दिशामा छलफल हुने उल्लेख गरेको छ ।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  ९ : ४९ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,