२०८२, २२ फाल्गुन शनिबार

कांग्रेसमा विशेष महाधिवेशनको बहस तीव्र : महामन्त्रीहरू हस्ताक्षर अभियानको तयारीमा

कांग्रेसमा विशेष महाधिवेशनको बहस तीव्र : महामन्त्रीहरू हस्ताक्षर अभियानको तयारीमा


काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बन्दै गएको छ। पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आवश्यकता औंल्याउँदै केन्द्रीय समितिबाट निर्णय नभए हस्ताक्षर अभियान सुरु गर्ने चेतावनी दिएका छन्।

कांग्रेस विधान अनुसार, केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत प्रतिनिधिहरूले विशेष कारण खुलाएर माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान छ।

महामन्त्री विश्वप्रकाश शर्माले विधानको दफा १७ को उपदफा २ को उल्लेख गर्दै भने, “हाम्रो पार्टी विधानले केन्द्रीय समितिले चाहेमा विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था गरेको छ। हामीले यसबारे प्रस्ताव राखिसकेका छौं, त्यसैले केन्द्रीय समितिबाटै निर्णय हुने अपेक्षा गरेका छौं।”

उनका अनुसार, यदि केन्द्रीय समिति तयार नभए, विधानमा उल्लेखित अर्को विकल्प– महाधिवेशन प्रतिनिधिहरूमार्फत हस्ताक्षर अभियान–मा जाने योजना रहेको छ।

“हामी लोकतान्त्रिक प्रक्रिया अनुसार अघि बढ्छौं,” शर्माले भने, “विधान अनुसारको बाटो अवलम्बन गर्दै पार्टीभित्र आवश्यक बहस र समीक्षा गर्न विशेष महाधिवेशन अपरिहार्य देखिएको छ।”

पार्टीभित्र नेतृत्व, संगठन र नीति–दिशा सम्बन्धी असन्तुष्टिहरू बढिरहेका बेला महामन्त्रीद्वयको सक्रियता कांग्रेसभित्र फेरि एकपटक आन्तरिक छलफल र समीक्षा प्रक्रिया सुरु गर्ने संकेतको रूपमा हेरिएको छ।

विशेष महाधिवेशनको मागलाई लिएर विभिन्न तहका नेताहरूबीच परामर्श र छलफल भइरहेको छ। नेतृत्व पक्ष भने अहिले नै विशेष महाधिवेशन आवश्यक नरहेको धारणा राख्दै आएको छ।

अबको केही साताभित्र केन्द्रीय समिति बैठक बस्ने तयारी भइरहेको छ। त्यस बैठकमा विशेष महाधिवेशनबारे निर्णय नआएमा गगन–विश्वप्रकाश पक्षले हस्ताक्षर संकलन अभियानमार्फत दबाब बढाउने संकेत दिएका छन्।

प्रकाशित मिति : २०८२, ५ आश्विन आईतबार  ९ : ०५ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै