२०८२, ६ माघ मंगलबार

निर्वाचन आयोगको प्रस्ताव : मतदाता नामावली संकलन गर्न ऐन संशोधन गर्न सरकारलाई आग्रह

निर्वाचन आयोगको प्रस्ताव : मतदाता नामावली संकलन गर्न ऐन संशोधन गर्न सरकारलाई आग्रह


काठमाडौँ । आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली संकलनसम्बन्धी कानुनी अड्चन हटाउन सरकारलाई निर्वाचन ऐन संशोधनको प्रस्ताव पठाएको छ। आयोगको आइतबार बसेको पदाधिकारी बैठकले गृह मन्त्रालयमा सो प्रस्ताव पठाएको हो ।

निर्वाचन ऐन, २०७३ अनुसार, चुनावको मिति घोषणा भइसकेपछि मतदाता नामावली अद्यावधिक गर्न पाइँदैन। यस प्रावधानले १८ वर्ष पूरा गरेका नयाँ मतदातासहित अन्य योग्य नागरिकहरू नामावलीमा दर्ता हुन नपाउने अवस्था आएको आयोगले जनाएको छ ।

आयोगका अनुसार ऐनको दफा ४ मा संशोधन प्रस्ताव गरिएको हो। प्रस्तावित संशोधनबाट “विशेष परिस्थिति”मा पनि नामावली संकलन गर्न सकिने कानुनी व्यवस्था तयार गरिनेछ। आयोगका एक पदाधिकारीका अनुसार, “प्रस्ताव पारित भएमा चुनावको मिति घोषणापछि पनि आयोगले नयाँ मतदाता दर्ता गर्न सक्नेछ, जुन लोकतान्त्रिक अधिकार सुनिश्चित गर्न अत्यावश्यक छ।”

यससँगै, आयोगले प्रवासी नेपाली नागरिकहरूलाई मतदान प्रक्रियामा सहभागी गराउने विषयमा पनि छलफल सुरु गरेको छ। आयोगले यसबारे आवश्यक कानुनी, प्राविधिक तथा कार्यान्वयन पक्षमा विज्ञहरूसँग परामर्श गरिरहेको जनाएको छ। नेपालको संविधानले सबै नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गरे पनि विदेशमा रहेका नेपालीहरू अहिलेसम्म यस अधिकारबाट वञ्चित छन्। आयोगले प्रवासी नेपालीहरूलाई समावेश गर्न आवश्यक विधि र प्रक्रिया तय गर्न सरकारसँग समन्वय गर्ने तयारी गरेको छ।

निर्वाचन आयोगको यस प्रस्तावलाई लोकतान्त्रिक प्रक्रिया सुदृढ गर्दै निर्वाचन प्रणालीलाई थप समावेशी, अद्यावधिक र सर्वसुलभ बनाउने प्रयासको रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२, ५ आश्विन आईतबार  ८ : ३९ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित