२०८२, २ फाल्गुन शनिबार

भीडतन्त्रको खतरा बढ्दो : “खरानीको लागि आफ्नै घर जलाउनु हुँदैन” -महासचिव लामाको चेतावनी

भीडतन्त्रको खतरा बढ्दो : “खरानीको लागि आफ्नै घर जलाउनु हुँदैन” -महासचिव लामाको चेतावनी


चौतारा । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले देशमा संविधान र विधिको शासनलाई रक्षा गर्न सबै वर्ग एकजुट हुनुपर्ने स्पष्ट पार्दै “भीडतन्त्रको खतरा बढ्दो छ, अब विचारशील नेतृत्वको खाँचो छ” भन्ने कडा चेतावनी दिएका छन् । ‘नेपालको संविधान, वर्तमान राजनीति र अबको गन्तव्य’ शीर्षकमा संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल सिन्धुपालचोकद्धारा चौतारामा आयोजित विचार गोष्ठीमा बोल्दै उनले भने, “यदि नेतृत्वले ठोस मार्गनिर्देशन गर्न सकेन भने भीडको शासन चल्न सक्छ, जुन देशका लागि अत्यन्त खतरनाक हुनसक्छ।” महासचिव लामाले पछिल्ला दिनहरूमा देखा परेका आन्दोलन र राजनीतिक अस्थिरतालाई संकेत गर्दै भने, “खरानीको लागि आफ्नै घर जलाउनु हुँदैन, बलियो घर बनाएर मात्र नेतृत्वको बहस गरौं ।” उनले राजनीतिक दलहरूलाई सामाजिक सद्भाव कायम राख्दै प्रविधिमैत्री विचार निर्माण गर्न आग्रह गरे।

उनले दलहरूलाई आह्वान गर्दै भने, “अब दर्शनलाई डिजिटलाईजेसन गरौं, जेन–जी पुस्तालाई समेटौं र नेतृत्वको बहस घर जलाएर होइन, घर बनाएर गरौं।” कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी नेकपा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले संविधानको अवस्था गम्भीर रहेको औंल्याउँदै भने, “संविधान घाइते भएको छ, यसलाई जोगाउनु हाम्रो सामूहिक जिम्मेवारी हो।” उनले जेन–जी आन्दोलनमा देखिएको उग्रता, देवत्वकरण र दानवीकरण दुवैलाई अस्वीकार गर्दै निष्पक्ष छानबिनको माग गरे ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक इञ्चार्ज सरेश नेपालले भने, “देशलाई एक दशक पछाडि फर्काउने काम भयो। अब संविधानको संरक्षण गर्दै संसदीय प्रणालीमा सुधार अपरिहार्य भइसकेको छ।” कार्यक्रममा एमाले अध्यक्ष होमनारायण श्रेष्ठ, माओवादी केन्द्रका संयोजक गोविन्द पराजुली, र कांग्रेसका सचिव विलबहादुर तामाङले संविधानको रक्षा र आवश्यक परे संशोधन पनि गर्न सकिने तर त्यसका लागि राजनीतिक सहमति र साझा प्रतिबद्धता अनिवार्य भएको धारणा राखे। अधिवक्ता शशीनाथ आचार्यले कार्यपत्र प्रस्तुत गर्दै नेपालको संविधान संघीय, धर्मनिरपेक्ष, गणतान्त्रिक र समावेशी विशेषता बोकेको उल्लेख गर्दै यिनै मूल्य–मान्यताको रक्षा गर्नुपर्ने धारणा व्यक्त गरे।

नेपाल बार एसोसिएसन सिन्धुपाल्चोक अध्यक्ष भूपेन्द्र थिङले प्रतिनिधिसभा विघटन संविधानको मर्म विपरीत भएको जिकिर गर्दै संसदले संविधान परिमार्जन र सुधारमा अग्रणी भूमिका खेल्नुपर्ने बताए । त्यस्तै सञ्चारकर्मी यज्ञ दंगालले पुस्तान्तरण अपरिहार्य भए पनि नयाँ पुस्ताले अध्ययन, परिपक्वता र दूरदृष्टि प्रदर्शन गर्नुपर्नेमा जोड दिए । कार्यक्रमको निष्कर्षमा संविधानको संरक्षण, परिमार्जन र समावेशी विकासको यात्रामा सबै राजनीतिक शक्ति, नागरिक समाज र बौद्धिक समुदाय एकसाथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

प्रकाशित मिति : २०८२, ३ आश्विन शुक्रबार  ९ : ११ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको